आफ्नै मैदानमा चार गोलले हार्यो डिंँजो

२०७७ फाल्गुण १६ आइतबार ११:०९:०० मा प्रकाशित

फ्रेञ्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पिएसजीले रेलिगेशन जोनमा रहेको डिंँजोलाई उसकै मैदानमा चार शून्य गोलले पराजित गरेको छ ।

मोउरिसियो पोचेटिनोको टोली पिएसजीलाई छैटौं मिनेटमा नै मोइस किनले अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा कलियिन एमबाप्पेले पेनाल्टिमा गोल गर्दै अग्रता दोब्बर पारे । ५१ औंं मिनेटमा ब्यक्तिगत दोस्रो गोल थपे । यो एमबाप्पेको क्लबका लागि एक सय १३ औं गोल हो । पोचेटिनोले गत महिना क्लबको प्रशिक्षकको भूमिका सम्हाले यता एम्वाप्पेले पिएसजीका लागि नौ गोल गरिसकेका छन् ।

८२ औं मिनेटमा डेनिलोले टिमका लागि चौथो गोल गरेका थिए । पिएसजी जीतका साथै शीर्ष स्थानको लिल भन्दा एक अंकले पछि छ । दोस्रो स्थानमा रहेको उसको २७ खेलबाट ५७ अंक छ । एक खेल कम खेलेको लिलको ५८ अंक छ । 

ताजा खबर