इटालियन लिग: युभेन्टस र भेरोना बराबरीमा  

२०७७ फाल्गुण १६ आइतबार १०:१२:०० मा प्रकाशित

इटालियन लिग सिरी या मा साविक विजेता युभेन्टसले भेरोनासँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।  खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । 

घरेलु टोली विरुद्ध युभेन्टसले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । ४९ औं मिनेटमा फेड्रिको कियजाको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । रोनाल्डोको यो सिजनको १९ औं गोल हो । तर उनको खुशी लामो समय टिकेन । ७७ औं मिनेटमा भेरोनाका एन्टोनिन बाराकले बराबरी गोल फर्काएपछि युभेन्टस स्पष्ट जीत हात पार्नबाट चुक्यो । 

योसँगै युभन्टस शीर्ष स्थानको इन्टर मिलानसँग दश अंकले पछि परेको छ ।  इन्टरको २३ खेलबाट ५३ अंक छ । तेस्रो स्थानको युभेन्टसको ४३ अंक छ ।  दोस्रो स्थानमा रहेको एसी मिलानको ४९ अंक छ ।

ताजा खबर