मेसीको उत्कृष्ट खेलले बार्सीलोना बिजयी

२०७७ फाल्गुण १६ आइतबार १०:०५:०० मा प्रकाशित

लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मदतमा बार्सीलोनाले स्पेनिस लिग ला लिगामा सेभियालाई दुइ शून्य गोलले पराजित गरेको छ । 

सेभियाको मैदानमा भएको खेलमा बार्साले २९ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि उस्मान डेम्बेलेले मेसीको सहयोगमा गोल गरे । बार्सा डिफेन्डर क्लिमेन्ट लेङलेटको हेडर गोल अफसाइड भएको थियो । सेभियाका युसेफ एन नेस्रीको गोल पनि अफसाइड भएपछि मान्यता पाएन् । ८५ औं मिनेटमा मेसी आफैंले गोल गरेपछि बार्साले महत्वपुर्ण तीन अंक जोड्यो । मेसीको सेभिया विरुद्ध यो ३८ औं गोल हो ।

 ला लिगामा मेसीले गोल गरेको यो लगातार आठौं खेल हो । आठ खेलमा उनले १२ गोल गरे । जुन उनको पछिल्लो दुइ वर्ष यताकै उत्कृष्ट प्रदर्शन हो । जारी सिजन मेसी उच्च गोलकर्ताको सुचीको पहिलो स्थानमा छन् । उनको गोल संख्या १९ पुगेको छ । दोस्रो स्थानमा एट्लेटिको मड्रिडका लुइस स्वारेज छन् । उनले १६ गोल गरेका छन् । 

जीतपछि बार्साले शीर्ष स्थानको एट्लेटिको संगको दुरी दुइ अंकमा झारेको छ ।  उसको २३ खेलबाट ५५ अक छ । दुइ खेल बढी खेलेको बार्साको ५३ अंक छ ।

बार्सीलानो ला लिगामा १५ खेल देखी अपराजित छ ।

ताजा खबर