चलचित्र 'रुस्तम' विवादमा, अक्षय कुमारसहित ७ जनाविरुद्ध मुद्दा

२०७७ फाल्गुण १६ आइतबार ०९:५७:०० मा प्रकाशित

एजेन्सी । पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘रुस्तम’ हाल विवादमा आएको छ। चलचित्रका मुख्य अभिनेता तथा बलिउड सुपरस्टार अक्षय कुमारसहित ७ जनाविरुद्ध मुद्दासमेत चलाइएको छ। 

चलचित्रमा प्रयोग भएको एक डायलगका कारण विवाद भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। चलचित्रमा अदालतको एक सिनमा न्यायाधीशको भूमिकामा रहेका अनंग देसाईले उपस्थित वकिललाई ‘बेशर्म’ भनेका हुन्छन्। 

यही शव्दलाई लिएर कानुन व्यवसायी मनोज गुप्ताले वकिलहरूको मानहानी भएको भन्दै रित दर्ता गरेका हुन्। उनले सो चलचित्रसँग सम्बन्धित ७ जनालाई भारतीय दण्ड विधानको धारा ५००, ५०१ र ५०२ अन्तर्गत कठोर कारावास र जरिवाना माग गरेका छन्। 

अदालतले समेत हाल चलचित्रका सदस्यलाई पहिलो पत्र जारी गरेको छ। मार्च १० मा उनीहरूलाई अदालतमा हाजिर हुन भनिएको छ। जी इन्टरटेन्मेन्टका प्रमुख सुभाष चन्द्रा, जी इन्टरटेन्मेन्टकै सिइओ मुरुदल केजार, चलचित्रका निर्देशक टीनू सुरेश देशाई, चलचित्रका लेखक विपुल के रावल, चलचित्रका नायक अक्षय कुमार, अभिनेता अनंग देसाई र सिनेमा हलका मालिक सुरेश गुप्ताविरुद्ध अदालतमा मुद्दा परेको छ। 
 

ताजा खबर