सावधानः पासवर्ड चोरी र ह्याकिङ्गमा परिएला  

२०७७ फाल्गुण १६ आइतबार ०९:४४:०० मा प्रकाशित

विश्वको ठूलो नक्सामा नेपाल हेर्दै गर्दा नेपाल सूचना तथा सञ्चार प्रविधिमा निकै पछिल्लो स्थानमा रहन आउँछ । नेपालको सूचना तथा प्रविधिलाई विभिन्न विधामा राखेर हेर्दा नेपालले धेरै उदेश्य, उपाय र कार्यान्वयनका विधिहरु बनाउनु पर्ने देखिन्छ । सोहि कुराको परिपूर्तिका लागि प्रविधि नियमावली २०६१ जनप्रतिनिधिलाई लक्षित गरि रोजगारीको विकास, शिक्षित समाज र शिक्षित प्रविधि बजारको विकाससँगै अपराधिक गतिविधिहरु पनि बढ्दै छन् । आजको डिजिटल सञ्चार, गुप्निय डाटाको भण्डारण र सर्वसाधारणको व्यक्तिगत विवरणलाई लक्षित गरि साइवर नियमावली प्रकाशन गरिएको छ । 

नेपालमा हुने साइबर अपराधहरु जस्तैः सफ्टवेयर पाइरेसि, ह्याकिङ जस्ता गतिविधिहरु दैनिक ठूलो संख्यामा बढ्दैछन् । ठूला सरकारी तथा गैरसरकारी कार्यालयहरुमा पाइरेटेट स्पटोवर, एप्लिकेसन, सि.डी, प्रोग्रामहरु चलाइएको पाईन्छ । अझै कतिपय आइटी सुरक्षा प्रदान गर्ने कार्यालयहरुले समेत यस्ता गतिविधिहरुमा साथ र सहयोग दिईरहेको पाईन्छ । 

नेपालका सि.डी पसल, कम्प्यूटर पसलहरुमा यस्ता खाले पाइरेटेट सिडीहरु खुल्लमखुल्ला बिक्रीवितरणमा राखेको पाइन्छ । एक व्यापारीले भने नेपाल भ्रमणमा आउँदा केहिमात्राको पर्यटकलाई यो क्रियाकलापले आकर्षण गरेको देखिन्छ । र धेरै मात्रामा दैनिक कार्यमा उपयोग आउनेमा सिडीहरु किनेर लग्ने गरेका छन् । नेपाल जसको कारणले साइबर सुरक्षाको महत्वलाई ओझेलमा पारेको देखिन्छ । यस्ता पसलहरुमा दैनिक भिड बढ्दै गएको पनि देख्न सकिन्छ ।

यसको मुख्य कारण भनेको सिडीहरु सस्तोमा बिक्री वितरण हुनु नै हो । यहाँ हामी कसैलाई गुणस्तर र कानूनको महत्व नभएको बुझिन्छ । कुनै प्रोग्रामको सक्कली सिडीको अन्तर्राष्ट्रिय मूल्य हजारौं डलरमा हुँदैगर्दा नेपाली बजारमा कपी गरिएका सिडीहरु ५० देखि सय रुपैयाँमा फालाफाल पाइन्छन् । हुन त यो घटना नेपाली जनता र नेपालको साइबर कानून विभागलाई जानकारीमा नआएको प्रसंग त रहेन तर सस्तो र सजिलै उपलब्ध हुने भएकाले कसैको ध्यानाकर्षण भए जस्तो देखिँदैन । यो भन्दै गर्दा रक्षकहरु नै भक्षक भएको र नेपालमा लागू हँुदै गरेको साइबर सुरक्षा ऐनको खिल्ली उडाए जस्तो महसुस हुन्छ । 


काठमाडौंमा सिडीको चोरीनिकासी मात्रै एउटा समस्या होइन । यहाँ अनेकौंहरु साइबर अपराधका गविधिहरु भइरहन्छन् । जस्तै, पासर्वड चोरी, ह्याकिङ, यौनजन्य क्रियाकलाप, क्रेडिट कार्ड, फिसिङ, भाइरस आक्रमण, गोप्य सूचनाको चोरी लगायतका अपराधहरु हुन् । यस्ता खालका गतिविधिहरु रोक्न विद्युतीय ऐन २०६१ प्रकाशन गरियो, जुन साइबर नियमको ऐनको नामले प्रचलित छ । यो ऐन पूर्ण कार्यान्वयन नभइसकेको भएर यसलाई हरेक ६ महिनामा नवीकरण गर्दै आइरहनु परेको छ । यो ऐनले आइटि प्रोफेसनलहरुलाई शान्तिपूर्ण वातावरणमा काम गर्न सहजीकरण गरेको छ । 


साइबर ऐन

साइबर ऐनले वैधानिक समस्याको ठूलो क्षेत्रलाई समावेश गर्ने कोसिस गरेको छ । यो ऐन अन्तर्गत इन्टरनेको प्रयोग, कम्प्यूटरको प्रयोग र डिजिटल प्रबन्धक उपकरणहरु, व्यक्तिगत विवरणहरु, गोपनियता, स्वतन्त्र रुपमा आफ्नो कुराहरु व्यक्त गर्ने जस्ता कुराहरु समावेश गरिएको छ । नेपालको संविधान र साइबर ऐनको समन्वय प्रमुख चुनौतिको रुपमा रहेको छ । साइबर ऐनको कुनै भौगोलिक, शारीरिक, लौङ्गिक उमेर हदबन्दी नभएको कारण नेपाली नागरिकले हेर्ने दृष्टिकोण अर्को चुनौतिको पाटो रहेको छ । हरेक देशको आफ्नै साइबर ऐन, नियम र कानुन रहेका हुन्छन् र यसको त्यो देशका नागरिकले अनुशासित रुपमा पालन गरेको देखिन्छ । आउनु होस् हामी पनि सामान्य साइबर अपराधबाट बच्ने उपायहरु जानौंः 

१. इमेल सावधानी


अपरिचित व्यक्तिहरुद्वारा पठाइएका प्रतिलिपिहरु नखोल्ने, पहिले पहिले पनि उक्त व्यक्तिबाट इमेल आदानप्रदान भए नभएको  जाँच गर्ने ।

२. आफ्नो कम्प्यूटर सुरक्षित राख्ने


कम्प्यूटर सुचारु गर्नका लागि अनिवार्य रुपमा पासवर्डको प्रयोग गर्ने, एन्टिभाइरसको प्रयोग गर्ने, अपरिचित सफ्टवेयर एप्लिकेसनहरु डाउनलोड र ईन्स्टल नगर्ने ।
 
३. अनुमान गर्न मिल्ने पासर्वडको प्रयोग नगर्ने


आफ्नो जन्ममिति, फोन नम्बर, व्यक्तिको नाम जस्ता सजिला पासर्वडको प्रयोग नगर्ने । पासर्वडहरु प्रयोग गर्दा   १२३४५६७८९० राखेर पासवर्ड बनाउने । 

४. आफ्नो ओपसाइड सुरक्षित राख्ने


आफ्नो ओप्पसाइड  अनुमतिपत्रको  प्रयोग गर्ने ।

५. साना बालबालिकाहरुलाई सुझावः 

कुनै पनि व्यक्तिगत विवरण जस्तै, तीन पुस्ताको विवरण घरको पुरा ठेगाना, स्कुलको पूर्ण विवरण, घरको फोन नम्बर, डेबिट वा क्रेडिट कार्डको पूर्ण विवरण र पासवर्ड, इमेलमा प्रयोगरी युजर नेम र पासवर्ड एउटै च्याटमा उल्लेख नगर्ने । 

साइबर नैतिकता

इन्टरनेटको बिकास हुनु अगाडि व्यक्तिहरु छुट्टै हाँसिखुशी र दैनिक जीविकोपार्जनमा व्यस्त थिए । कम्प्यूटर र इन्टरनेटको बिकास सँगै विभिन्न अवसर र विभिन्न सञ्चारमाध्यमहरुबाट लाभान्वित भए तर विडम्बना धेरै व्यक्तिहरुले यसलाई अवसरको रुपमा प्रयोग गरे भने सोहि संख्यामा रहेका केहि व्यक्तिहरुले यसलाई बलियो हतियारको रुपमा पनि प्रयोग गर्दै आइरहेका छन् । 

विश्वमा भईरहेको इन्टरनेट आतंक एउटा बलियो उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ । यसको न्यूनिकरणको लागि व्यक्तिगत सचेतना, सामाजि सचेतना, सरल र जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगका लागि सचेतना कार्यक्रम प्रभावकारी रहन सक्छ । दैनिक जीवनमा नैतिकवान साइबर ऐनको संलग्नता यसका नैतिक तथा अनैतिक व्यवहारको सिकाई र बुझाई हुन सक्छन् । युवापिडीलाई साइबर ऐनको ज्ञान जसले प्रत्यक्ष वा अप्रत्क्षरुपमा आफूलाई वा अरुलाई पुर्याउन सक्ने असरको ज्ञान र सरल सुरक्षित, जिम्मेवार इन्टरनेट प्रयोगकर्ताको ज्ञान रहन सक्छ । 

(थपलिया सूचना प्रविधिविज्ञ हुन्, उनी टेक्सस ईन्टरनेशनल एजूकेशन नेटवर्कका आईटी विभाग प्रमुख हुन् ।)

 
 

ताजा खबर