विस्फोटक ब्याट्सम्यान क्रिस गेल फर्किए राष्ट्रिय टिममा

२०७७ फाल्गुण १५ शनिबार १९:३९:०० मा प्रकाशित

 वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल दुइ वर्षपछि राष्ट्रिय टिममा फर्किएका छन् । वेस्ट इन्डिजले श्रीलङका विरुद्धको टि ट्वान्टी सिरिजका लागि ४१ वर्षीय गेललाई टिममा बोलाएको हो । 

वेस्ट इन्डिज क्रिकेट संघले आज श्रीलङका विरुद्धको टि ट्वान्टी सिरिजका लागि गेल सम्मिलित १४ सदस्यीय टोलीको घोषणा गरेको हो । श्रीलङकालको घरेलु मैदानमा मार्च तीन देखि सातसम्म तीन टि ट्वान्टी खेल खेल्दैछ । विश्वकपको तयारीमा रहेको वेस्ट इन्डिजले गेललाई मौका दिएको हो ।

प्रमुख छनोटकर्ता रोजर हार्परले गेलको पछिल्लो समय इन्डियन प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले उनको अनुभव राष्ट्रिय टिममा खाँचो रहेकाले समावेश गरिएको बताएका छन् । गेलले पछिल्लो पटक राष्ट्रिय टिमबाट सन २०१९  अगस्टमा भारत विरुद्ध एकदिवसीय खेलेका थिए । टि ट्वान्टी भने  २०१९, मार्चमा इङल्यान्डसँग खेलेका थिए । गेलको  टि ट्वान्टीमा फर्म हेर्दा अझै उनी केही वर्ष खेल्न सक्ने विश्लेषकहरुले बताउँदै आएका छनर ।

वेस्ट इन्डिजले  टि ट्वान्टी विश्वकपको तयारीका लागि श्रीलङकासँग सिरिज खेल्न लागेको हो । टि ट्वान्टी विश्वकप आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुँदैछ । वेस्ट इन्डिजले ३९ वर्षिय फिडेल एडवार्डलाई पनि टि ट्वान्टी खेल्ने टोलीमा बोलाएको छ । एडवार्ड नौ वर्ष पछि राष्ट्रिय टिममा फर्किएका हुन् ।  तीव्र गतिका वलर एडवार्डले पछिल्लो टि ट्वान्टी  २०१२ सेप्टेम्बरमामा श्रीलङका विरुद्धनै  खेलेका थिए । वेस्ट इन्डिजले श्रीलङकासँग मैदान उत्रने एकदिवसीय टिम पनि घोषणा गरेको छ । दुवै टिमको कप्तानी काइरन पोलार्डले गर्नेछन् । 

ताजा खबर