चलचित्र रिभ्यु: द गल्र्स अन द ट्रेन

२०७७ फाल्गुण १५ शनिबार ०८:००:०० मा प्रकाशित

रेटिङ्गः ४/५
पात्रहरुः परिणीत चोपरा, अदिती राव हैदरी, अविनाश तिवारी, कीर्ति कुल्हारी
निर्देशकः रिभु दास गुप्ता

२६ फेव्रवरीमा नेटफिल्क्समा रिलिज भएको हिन्दी कथानक चलचित्र “द गर्ल अन द ट्रेन” अहिले चर्चामा शिखरमा रहेको छ ।  मानव हत्या प्रसंगको बारेमा कथावस्तु बनाइएको यो चलचित्रमा नायिका परिणिति चोपरा साथमा अदिति राव हैदरी, अविनाश तिवारी र किर्ती कुल्हारीको भूमिका प्रशंसनीय रहेको छ ।

कथाको विषयवस्तु
कथाको कहानी परिणीति चोपरा को वकिलको वहसबाट शुरु हुन्छ । उनको श्रीमानको रुपमा अविनाश तिवारीलाई देख्न सकिन्छ । दुवै जनाको प्रेम प्रसङ्ग चल्छ अन्तमा पेटमा हुर्किएको बच्चा फाल्दा परिणीति चोपरालाई अमनेशीयाको विरामले छुन्छ । उनलाई सबै सोच भूल्ने विरामले हुन्छ ।

अर्को पात्र अदिती राव हैदरीकोले ट्रेनको यात्राको दौराण सधैं परिणितीलाई नियाल्ने गर्दिनन् । एक दिन हत्याको कसुरमा परिणतिलाई दोषीको पात्र बताइन्छ । आरोप लगाइन्छ । तब सबै प्रमाण एकजुट गराउने क्रममा उनको भूल्ने विरामले गर्दा असजिलो महशुस हुन्छ । सही गलत के हो भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन आँउछ । चलचित्र निर्देशक दासगुप्ताले छायाँकन छिटो ढंगले गर्न भ्याएका छन् ।

१ घण्टा ५२ मिनेटको लामो चलचित्रमा डायलग भन्दा अभिनयलाई प्राथमिकता दिइएको छ । कीर्ति कुल्हारी प्रहरीको भूमिकामा आएकी छिन् । उनको मेकअप र भूमिका पनि शानदार रहेको छ । थ्रिलर र एमनेशीयाको बारेमा छायांकन गरिएको हिन्दी कथानक चलचित्रको रोचक पक्ष इडिटिङ्ग हो । जसमा हत्याका अभियुक्तलाई भेट्टाउन गाह्रो परेको बताइन्छ । मतलबी यारिया नामक एक गीतमात्र फिल्ममा रहेको छ ।

परिणतीले खेलेको यो हिन्दी कथानक चलचित्र २०१५ मा लेखिएको नोवेल र २०१६ मा हालिउड चलचित्र द गर्ल अन द ट्रेनको हिन्दी एड्याप्सन भन्ने बुझिन्छ । थ्रिलर र हत्याको कथामा आधारित चलचित्र दर्शकले रुचाउने आशा व्यक्त गरिएको छ ।
(स्रोतः दैनिक भाष्कर)    
 

ताजा खबर