पियरेको नाटकीय खेलको परिणाम

२०७७ फाल्गुण १४ शुक्रबार १०:११:०० मा प्रकाशित

पियरे इम्रिके अबोमयाङले अन्तिम समयमा नाटकीय रुपमा गोल गरेपछि आर्सनल बेन्फिकालाई पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

आर्सनलले कारोना भाइरस महामारीका कारण घरेलु मैदानमा खेल्नुपर्ने खेल ग्रिसमा खेलेको थियो । उसले बेन्फिकालाई समग्रमा चार तीन गोलले हरायो । पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । 

आर्सनलले २१औं मिनेटमा अबोमयाङको गोल मार्फत अग्रता लिएको थियो । ४३ औं मिनेटमा बेन्फिकाका  डिएगो गोनकाल्भेसले बराबरी गोल फर्काए । ६१ औं मिनेटमा बेन्फिाकाका राफा सिल्भा र ६७औं मिनेटमा आर्सनलका केइरन टेर्नीेले गोल गरेपछि खेल तीन तीनको बराबरीमा  पुग्यो । यो वेला आर्सनल अवे गोलका कारण पछि रहेको थियो ।

 तर ८७ औं मिनेटमा अबोमयाङले गोल गरेपछि आर्सनलले अघिल्लो चरणमा स्थान बनायो । अबोमयाङले, विजयी गोल गरेपछि गत वर्ष ओलम्पिकयाकोससँग हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको पीडा सम्झिएको प्रतिकृया दिए । गत सिजन अबोमयाङले यहि स्थितिमा ओलम्पियाकोस विरुद्ध गोल गर्ने मौका गुमाएका थिए । 
 

ताजा खबर