म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश 

२०७७ फाल्गुण १४ शुक्रबार १०:०५:०० मा प्रकाशित

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । इङलिस प्रिमियर लिग क्लब युनाइटेड स्पेनिस क्लब  रियाल सोसिडाडलाई समग्रमा चार शून्य गोलले पराजित गर्दै प्रि क्वाटरफाइनल पुगेको हो ।

पहिलो लेगमा चार शून्यको अग्रता लिएको युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा भने गोल गर्न सकेन । सोसिडाडले सुरुमै अग्रता लिने सुनौलो मौका पाएको थियो । १३ औं मिनेटमा युनाइटेडका डेनिएल जेम्सले फाउल गरेपछि पाएको पेनाल्टिीमा मिकेल ओजास्याबा चुके । युनाइटेडका लागि बुर्नो फर्नान्डेज, जेम्स र मार्कस र्यासफर्डले गोलको अवसर सिर्जना गरेका थिए । तर सफल भएनन् । सोसिडाडको खेल मार्फत १७ वर्षिय सोला सोटायरले युरोपियन प्रतियोगितामा डेब्यु गरे । 

प्रशिक्षक ओले गुनार सोल्जकारले ७६ औै मिनेटमा १७ वर्ष २३ दिनका सोटायर मेसोन ग्रिनउडको स्थानमा मैदान प्रवेश गराएका थिए । युनाइटेडबाट युरोपियन प्रतियोगिता खेल्ने उनी सवैभन्दा कान्छा खेलाडी हुन् । घरेलु मैदानमा गोल नगरेपनि पहिलो लेगमा लिएको अग्रता युनाइटेडलाई अघिल्लो चरण पुग्न पर्याप्त भयो । 

ताजा खबर