महिला फुटबल टिमलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नियुक्त

२०७७ फाल्गुण १३ बिहीबार २१:१३:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाले राष्ट्रिय महिला टिमका लागि पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई राष्ट्रिय महिला फुटवल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । 

फिलिप्स र एन्फाबीच एक वर्षका लागि सम्झौता भएको छ । उनी सन् २०१९ देखि एन्फाको टेक्निकल डाइरेक्टरको भूमिकामा थिए । फिलिप्सलाई एन्फाको पाँच सदस्यीय टेक्निकल कमिटीले मुख्य प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो । टेक्निकल कमिटीमा कृष्ण थापा, कुमार राज भण्डारी, उपेन्द्र मान सिंह, दिनेश ब्यञ्जकार र अर्जुन लामा छन् ।

 फिलिप्सको सम्झौता सन २०२१ जनवरी एक देखि नै लागु हुनेछ । फिलिप्ससँग मलेसिया, भियतनाम र फिलिपिन्सको क्लब सम्हालेको अनुभव छ । उनले पपुवा न्युगिनीको राष्ट्रिय महिला टिमलाई पनि प्रशिक्षण गराइसकेका छन्र । महिला टिमको छिट्टै बन्द प्रशिक्षण सुरु गर्ने पनि एन्फाले जनाएको छ । महिला टिमले एएफसी वुमन्स एशियन कप च्याम्पियनसिप छनोटको तयारीमा छ । 

 

ताजा खबर