'आत्मघाती गोल गर्ने कि रक्षक बन्ने उहाँको जिम्मा'

२०७७ फाल्गुण १३ बिहीबार ११:४१:०० मा प्रकाशित

 काठमाडौं । नेकपा - दाहाल नेपाल समूहका नेता रघुजी पन्तले सहमतिको मार्ग खोल्ने मुख्य भूमिका प्रधानमन्त्री केपी शर्मा ओलीको रहेको बताएका छन् । प्रधानमन्त्री ओली नै वर्तमान परिस्थिति निर्माणको मुख्य जिम्मेवार नेता भएकाले यसलाई सहज बनाउँदै राजनीतिलाई सामान्य अवस्थामा अवतरण गराउन पनि उनकै जिम्मा रहेको नेता पन्तको भनाई छ ।

प्रतिनिधिसभाको आगामी बैठकपछि सरकारको नेतृत्व परिवर्तनका लागि प्रक्रिया सुरु गर्न प्रधानमन्त्री पदबाट ओलीको राजिनामा पहिलो शर्त हो भन्दै नेता पन्तले यदि उनले अविश्वासको प्रस्तावको सामना गर्ने भएमा नेकपाका सांसदले सहयोग नगर्ने पनि स्पष्ट पारे ।

सर्बोच्च अदालतबाट प्रतिनिधिसभा बिघटनको निर्णय बदर गर्दै पुनस्थापना गर्ने फैसला आएपछिको राजनीतिक बिकासक्रमका बारेमा दृश्य टेलिभिजनसँग वार्तालाप गर्दै स्थायी कमिटी सदस्य पन्तले भावी राजनीतिक समीकरणबारे प्रष्ट धारणा राखेका छन् ।

वार्ताको विस्तृत विवरण हेर्न तलको लिङ्कमा क्लिक गरौं– https://youtu.be/QBpj64IyDB0

ताजा खबर