युरोपा लिग:  अन्तिम १६ मा पुग्यो टोटेनहम 

२०७७ फाल्गुण १३ बिहीबार ११:२३:०० मा प्रकाशित

 प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । टोटेनहमले अस्ट्रियाको वल्फ्सबेर्गरलाई समग्रमा आठ एक गोलले पराजित गरेको हो ।

गएराती भएको दोस्रो लेगमा टोटेनहमले चार शून्य गोलको फराकिलो जित हात पारेको हो । पहिलो लेगमानै चार एक गोलको जीत हात पारेपछि टोटेनहम वलियो स्थितिमा पुगेको   थियो । पहिलो हाफमा एक शून्यले अघि रहेको जोजे मोरिन्होको टोलीले दोस्रो हापमmा चार गोल थपेको थियो ।

दशौं मिनेटमा डेली आलीले ओभरहेड किक मार्फत गोल गरेपछि टोटेनहम एक शून्यले अघि रह्यो । ५० औं मिनेटमा कार्लोस भिनिसियसले दोस्रो गोल थपे । ७३ औं मिनेटमा सब्सिच्युट ग्यारेथ बेलले गोल गरेका थिए । युरोपियन प्रतिस्पर्धामा सब्सिच्युटका रुपमा बेलको यो तेस्रो गोल हो ।

यसअघि सन २०१८ को च्याम्पियन्स लिगको फाइनलमा बेलले रियाल मड्रिडबाट दुइ गोल गरेका थिए । ८३ औं मिनेटमा भिनिसियसले ब्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहम प्रभावशाली जीतका साथ अन्तिम १६ मा स्थान बनाउन सफल भयो । प्रिमियर लिगमा लगातार ५ खेलमा हार बेहोरेको टोटेनहमले युरोपा लिगमा भने उत्कृष्ट प्रदर्शन गर्यो ।

 प्रशिक्षक मोरिन्हो सामु १३ वर्ष देखिको टोटेनहमको उापधी खडेरी तोड्ने अवसर छ । 

ताजा खबर