मेसीको यो सिजनको १८ औं गोल

२०७७ फाल्गुण १३ बिहीबार ११:१७:०० मा प्रकाशित

बार्सीलोनाले स्पेनिस लिग ला लिगमा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ५ अंकमा झारेको छ ।  गएराती एल्चेलाई तीन शून्य गोलले पराजित गरेपछि बार्सा तालिकाको तेस्रो स्थानमा उक्लियो । 

घरेलु मैदानमा बार्साले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । ४८ औं मिनेटमा लियोनल मेसीले मार्टिन ब्रेथवेटको ब्याकहिल पासमा गोल गरेपछि बार्साले डेड लक तोड्यो । ६८ औं मिनेटमा मेसीलेनै फ्राङकी डि जोङको सहयोगमा अग्रता दोब्बर बनाए । ३३ वर्षिय मेसीको यो सिजनको १८ औं गोल हो । उनले उच्च गोलकर्ताको सूचीमा पूर्व टिम मेट लुइस स्वारेजलाई उछिनेका छन् । 

दोस्रो स्थानमा रहेका एट्लेटिकोका स्वारेजले १६ गोल गरेका छन् । ७३ औं मिनेटमा जोडी आल्बाले ब्रेथवेटलेनै उपलब्ध गराएको पासमा गोल गरेपछि बार्सा तीन शून्यले विजयी भयो । जीतपछि तेस्रो स्थानमा पुगेको बार्साको २४ खेलबाट ५० अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको ५२ अंक छ । बार्सा र रियाल भन्दा एक खेल कम खेल्दै शीर्ष स्थानमा रहेको एट्लेटिकोको ५५ अंक छ । 

ताजा खबर