बोरुसिया मोन्चेग्लाग्बा म्यानचेस्टर सिटीसँग दुइ गोलले पराजित

२०७७ फाल्गुण १३ बिहीबार ११:१२:०० मा प्रकाशित

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेग्लाग्बालाई दुइ शून्यले पराजित गरेको छ । 

सवै प्रतिस्पर्धामा गरी लगातार १९ खेल जितेपछि पनि सिटी प्रशिक्षक पेप ग्वार्डिवालाले भने अझ सशक्त हुनुपर्ने प्रतिृक्रिया दिएका । २९ औं मिनेटमा बर्नान्डो सिल्भाले आकर्षक हेडर गोल गर्दै आफ्नो टोलीलाई एक शून्यको अग्रता दिलाएका थिए । वर्नान्डोको सवै प्रतिस्पर्धामा गरी सिटीका लागि यो ३५ गोल हो । तर हेड मार्फत भने उनको यो केवल तेस्रो हो । ६५ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेपछि दुइ शून्यले अघि रहेको सिटी विरुध्द मोन्चेग्लाग्बाले पुनरागमन गर्न सकेन ।

 मोन्चेग्लाग्बाले ४३ वर्षपछि च्याम्पियन्स लिगको नक आउट चरण खेलेको हो । सिटीको अवे जीतपछि उसलाई क्वाटरफाइनल पुग्न कठिन हुनेछ । मोन्चेग्लाग्बाले घरेलु मैदानको फाइदा भने लिन सकेन । जर्मन सरकारले कोरोना भाइरस संक्रमणका कारण यात्रामा लगाएको यात्रा प्रतिबन्धका कारण खेल हंगेरीमा गरिएको थियो । सिटी भने पहिलो च्याम्पियन्स लिग उपाधी जित्ने लक्ष्यमा छ । 

ताजा खबर