रियलमड्रिडसँग एटालान्टा एक गोलले पराजित

२०७७ फाल्गुण १३ बिहीबार ११:०६:०० मा प्रकाशित

 च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियलमड्रिडले दश खेलाडीमा समेटिएको एटालान्टामाथि एक शून्य गोलले जीत हात पारेको छ ।

इटालियन क्लब एटालान्टा १७ औं मिनेटमानै दश खेलाडीमा झरेको थियो । तर रियालले ७० मिनेट सम्म त्यसको फाइदा उठाउन सकेन । घरेलु टोलीका रेमो फ्रोएलरले रियालका फर्लान्ड मेन्डीलाई गोल गर्न अघि बढिरहेको समयमा फाउल गरेपछि एकैचोटी रातो कार्ड पाएका थिए । च्याम्पियन्स लिगमा कुनैपनि इटालियन खेलाडीले यति छिटो रातो कार्ड पाएको यो पहिलो पटक हो ।

 इस्को र मार्को एसेन्सियो गोलको मौका पाएपनि सफल हुन सकेनन् । कप्तान सर्जियो रामोस, केरिम बेन्जिमा लगायत मुख्य खेलाडीविना उत्रिएको रियलले खेल सकिन चार मिनेट बाँकी हँुदा गोल गरेको थियो । मेन्डीले लुका मोड्रिचको पासमा महत्वपूर्ण अवे गोल गरेपछि जिनेदिन जिदानको टोलीले एक शून्यको अग्रता लिएको छ ।  

रियालका स्ट्राइकरलाइ रोक्न सफल भएको एटालान्टाले अन्तिम समयमा गोल खाएपछि क्वाटरफाइनल पुग्न संघर्ष गर्नुपर्नेछ । रियाललाई भने  घरेलु मैदानमा हुने दोस्रो लेगमा बरबरीको नतिजा पनि अन्तिम आठमा पुग्न पर्याप्त हुनेछ । रियाल १३ पटकको च्याम्पियन्स लिग विजेता हो । 

ताजा खबर