विश्वकै ठूलो क्रिकेट स्टेडियम मोदीको नाममा, तेस्रोपटक नाम परिवर्तनबाट स्थानीय क्रुध्द 

२०७७ फाल्गुण १२ बुधबार २१:२५:०० मा प्रकाशित

 नयाँदिल्ली । भारतको गुजरातस्थित अहमदाबादमा रहेको विश्वकको ठूलो क्रिकेट स्टेडियमको नाम प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा राखिएको छ । यसअघि स्टेडियमको नाम मोटेरा रहेको थियो । केन्द्रीय गृहमन्त्री अमीत शाहले बुधबार भारत र इङल्यान्ड बीचको तेस्रोटेस्ट अघि उद्घाटन गर्दै स्टेडियमको नाम मोटेराबाट नरेन्द्र मोदी राखिएको घोषणा गरेका हुन् । 

उद्घाटन गर्दै गृहमन्त्री अमीत शाहले भने– हामीले यो स्टेडियम यति धेरै सुविधा सम्पन्न बनाएका छौं की यसमा ६ महिनाभित्र ओलम्पिक, एशियन गेम्स र कमनवेल्थ गेम्स पनि आयोजना गर्न सकिनेछ । उनले अहमदाबाद अब स्पोर्टस सिटीको नामले परिचित हुने शाहले बताए ।

यो स्टेडियमलाई विश्वकपको सवैभन्दा हाइटेड स्टेडियमका रुपमा विकसित गरिएको छ । यो स्टेडियममा पहिलो अन्तराष्ट्रिय खेलका रुपमा भारत र इङल्याड बीचको तेस्रो टेस्ट खेलाइएको हो । बुधबार सुरु भएको टेस्ट जारी छ ।

स्टेडियमको विषेशता

यो स्टेडियमको दर्शक क्षमता एक लाख ३२ हजार छ । तर कोरोना भाइरस संक्रमणका कारण ५० प्रतिशत दर्शकलाई मात्र अनुमति दिइएको छ ।

यो स्टेडियम अघि मेलवर्न क्रिकेट ग्राउन्ड एमसिजी विश्वको सवैभन्दा ठूलो स्टेडियम थियो ।

नरेन्द्र मोदी स्टेडियममा करिब ८ सय करोड भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । यस स्टेडियममा ७६ कर्पोरेट बक्स, चार ड्रेसिङ रुम, तीन अभ्यास मैदान छन् । चार ड्रेसिङ रुम भएको यो विश्वको पहिलो स्टेडियम पनि हो ।

वर्षामा पानी निकाल्न स्टेडियममा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । पानी पछि मात्र आधा घन्टामानै खेल खेलाउन सकिनेछ । डे नाइट म्याचका लागि यहाँ विषेश किसिमको एलइडि लाइट लगाइएको छ । यो भारतको पहिलो स्टेडियम हो जहाँ एलइडि लाइटमा खेल खेलाउन सकिन्छ । 

प्रेस सूचना ब्युरोद्वारा जारी गरिएको विज्ञप्ति अनुसार यो ओलम्पिक आकारको ३२ फुटवल मैदान बराबरको छ । स्टेडियममा रातो कालो माटोबाट बनेका एघार पिच छन् । यो विश्वको एक मात्र स्टेडियम हो जहाँ अभ्यास र खेल खेल्ने पिच एउटै माटोबाट बनेको छ । 

सुरुमा यो स्टेडियमको नाम सरदार पटेल राखिएको थियो । त्यसपछि मोटेरा राखियो । अहिले नरेन्द्र मोदी राखेपछि विवाद पनि सुरु भएको  छ ।

ताजा खबर