मेयर कपमा सन्दीप पनि खेल्ने

२०७७ फाल्गुण १२ बुधबार २१:१३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं मेयर कपको पहिलो संस्करण आगामी फागुन २२ देखि २९ गतेसम्म हुने भएको छ । काठमाडांै महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले मेयर कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

 क्यानले  आज विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । घरेलु क्रिकेटमा एक महिनाको अन्तरमा दोस्रो पटक एकदिवसीय क्रिकेट हुन लागेको हो । यसअघि क्यानले प्रधानमन्त्री कप आयोजना गरेको    थियो । आठ दिने प्रतियोगितामा सोही प्रधानमन्त्री कपको सेमीफाइनल पुगेको चार टिम र महानगरपालिको टिम गरी ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रधानमन्त्री कपमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक प्रदेश टिम बागमती अन्तिमा चारमा पुगेका थिए । सहभागी प्रदेश १, प्रदेश २, गण्डकी, सुदुरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरी महानगरको टिम बनाइनेछ । 

मेयर कप स्टार स्पिनर सन्दीप लामिछानेले पनि खेल्ने बताइएको छ । तर उनले कहाँबाट खेल्ने भने टुंगो लागेको छैन् । सिंगल राउण्ड रोविनमा हुने लिगको शीर्ष दुइ टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।  

 

ताजा खबर