चेल्सिले एटल्टिको मड्रिडलाई एक गोलले हरायो

२०७७ फाल्गुण १२ बुधबार १०:४५:०० मा प्रकाशित

इङलिस प्रिमियर लिग क्लब चेल्सिले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा एटल्टिको मड्रिडलाई एक शून्य गोलले पराजित गरेको छ । 

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ६८ औं मिनेटमा ओलिभर जिरुडको उत्कृष्ट ओभर हेड किक गोल मार्फत चेल्सिले अग्रता लिएको थियो । सोही गोल उसलाई जीत दिलाउन निर्णायक बन्यो । चेल्सिले शानदार खेल प्रदर्शन गरेको थियो । लुइस स्वारेज नेतृत्वको एट्लेटिकोले चेल्सिलाई खासै चुनौती दिन सकेन् । योसँगै चेल्सिमा थोमस टुखेल प्रशिक्षक बनेर आएपछिको जीत संख्या आठ पुगेको छ ।

  अन्तिम १६ मा ला लिगा लिडर एटलेटिको विरुद्ध चेल्सिलाइ अन्डरडगका रुपमा हेरिएको थियो । स्पेनमा हुनुपर्ने खेल कोरोना भाइरस संक्रमणका कारण रोमानियामा भएको थियो । क्वाटरफाइनल पुग्नका लागि चेल्सिलाई घरेलु मैदानमा बराबरीको नतिजा पर्याप्त हुनेछ । 

ताजा खबर