च्याम्पियन्स लिग:बायर्न म्युनिखले इटालियन लासियोलाई चार गोलले हरायो 

२०७७ फाल्गुण १२ बुधबार १०:४०:०० मा प्रकाशित

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन लासियो माथि चार एक गोलको प्रभावशाली जीत हात पारेको छ ।

लसियोको घरेलु मैदानमा भएको खेलमा बायर्नले नवौं मिनेटमा अग्रता  लिएको थियो । उसका लागि पोलिस स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले गोल गरे । लासियोका गोलकिपर अघि बढेको मौकाको फाइदा उठाउँदै गोल गरेका थिए । च्याम्पियन्स लिगमा लेवान्डोस्कीको यो ७२ औं गोल हो । उनले रियाल मड्रिड तथा साल्केका पूर्व खेलाडी राउललाई उछिने । समग्रमा भने उनी सर्वाधिक गोल गर्नेको सुचीको तेस्रो स्थानमा छन् ।  युभेन्टसका पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक सय ३४ गोल सहित शीर्ष स्थानमा छन् ।

 बार्सीलोनाका अर्जेन्टाइन  स्ट्राइकर लियोलम मेसीको १ सय १९ गोल छ । २४ औं मिनेटमा जमाल मुसियालाले अग्रता दोब्बर बनाए । १७ वर्ष तीन सय ६३ दिनका मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने बायर्न र इङल्यान्डका कान्छा खेलाडी हुन् । नक आउट चरणमा गोल गर्ने उनी दोस्रो सोनो उमेरका खेलाडी हुन् । मुसियाला इङल्यान्ड र जर्मनी दुवै देशको राष्ट्रिय टिमबाट खेल्न योग्य छन । ४२ अँैं मिनेटमा लियोरी सानेले टिमका लागि तस्रो गोल थपे । ४७ औं मिनेटमा लासियोका फ्रान्सिस्को चेर्बीले आफ्नै पोस्टमा गोल गरेपछि साविक विजेता बायर्न चार शून्यले अघि रह्यो । ४९ औं मिनेटमा लासियोका वाकलिन कोरेयाले सान्त्वना गोल फर्काए । 

बायर्नले पछिल्लो नौ महिना ६ उपाधी जितेको छ । तर क्लब विश्वकप जितेपछिको बायर्नले घरेलु लिग बुन्डेसलिगामा भने उसले दुइ खेलमा अंक गुमायो । पहिलो लेगमा बार्यनले वलियो अग्रता लिएको छ । दोस्रो लेग बायर्नको मैदानमा १७ मार्चमा हुनेछ । 

ताजा खबर