युभेन्टस तीन गोलले बिजयी

२०७७ फाल्गुण ११ मंगलबार १३:२४:०० मा प्रकाशित

इटालियन लिग सिरीयामा युभेन्टसले क्रोतोने माथि तीन शून्य गोलको जीत हात पारेको छ । युभेन्टसका लागि  क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

घरेलु मैदानमा गएराती भएको खेलमा युभेन्टसले ३८ औं मिनेटमा अग्रता लिएको थियो । रोनाल्डोले एलेक्स आन्द्रोको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गरेपछि साविक विजेता युभेन्टस दुइ शून्यले अघि रहेको थियो । साढे दुइ वर्षको सिरी या यात्रामा रोनाल्डोको यो ७० औं गोल हो । क्रोतोने रोनाल्डोले गोल गरेको युरोपको शीर्ष पाँच लिगको ७८ औं क्लब हो । योसँगै रोनाल्डो इन्टर मिलानका रोमेलु लुकाकुलाई उछिन्दै जारी सिजन सिरी याको सर्वाधिक गोलकर्ता बनेका छन् । यो सिजन उनले १८ गोल गरिसकेका छन् । 

युभेन्सका लागि वेस्टज मेक्केनीले तेस्रो गोृल गरेपछि आन्द्रे पिर्लोको टोलीले तालिकाको पुच्छारमा रहेको क्रोतोने विरुद्ध सहज जीत हात पार्यो । जीतपछि तालिकाको तेस्रो स्थानमा उक्लिएको युभेन्टसको २२ खेलबाट ४५ अंक छ । शीर्ष स्थानको इन्टर मिलानको २३ खेलबाट ५३ अंक छ  । दोस्रो स्थानमा एसी मिलान छ । उसको ४९ अंक छ । क्रोतोने भने २३ खेलबाट १२ अंक सहित अन्तिम स्थानमा छ । 

ताजा खबर