फुटबलमा पहिलोपटक फ्रेन्चाइजी लिग वैशाख ११ बाट

२०७७ फाल्गुण १० सोमबार २१:३०:०० मा प्रकाशित

काठमाडौं । नेपाली फुटवल इतिहासकै पहिलो फ्रेन्चाइजी लिग नेपाल सुपर लिगको पहिलो संस्करण आगामी बैशाख ११ गते देखि हुने भएको छ । 

अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस एन्ड म्यानेजमेन्टले फ्रेन्चाइजी लिग गर्न लागेको हो । चौधरी ग्रुपको संलग्नतामा हुने लिगका बारेमा दुइ वर्ष अघिनै सम्झौता भएको थियो । तर कोरोना भाइरसका कारण गत वर्ष आयोजना हुन सकेन ।

 विश्वकप छनोटको खेल पछिको खाली समयमा लिग गर्न लागिएको एन्फाले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो । बैशाख एघार देखि २५ गतेसम्म काठमाण्डौमा लिग हुनेछ । लिगमा सात टोलीको सहभागिता रहनेछ । सुरुमा प्रदेशको हिसावमा टोली तयार पारिने बताइएको थियो । अहिले शहरको नाममा टिम बनाइनेछ । त्यसका लागि एन्फाले १४ ए डिभिजन क्लबका एक सय ४० जना खेलाडीको सूची दिनेछ । यही सूचीबाट अक्सन मार्फत खेलाडी छनोट गरिने जानकारी दिइएको छ । 

हरेक टिमले त्ीन जना विदेशी खेलाडी राख्न पाउनेछन् । लिगमा सहभाग िहुने टिमको नाम र मालिकहरुको बारेमा भने केही समय पछि जानकारी दिने उल्लेख गरिएको छ । नेपालमा क्रिकेटको धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीन फ्रेन्चाइजी लिग छन् । तर फुटवलमा भने पहिलो पटक आयोजना गर्न लागिएको हो । 

ताजा खबर