भलिवलको महिला र पुरुष टिमलाई केल्मीको प्रायोजन  

२०७७ फाल्गुण १० सोमबार २१:२४:०० मा प्रकाशित

काठमाडौं । भलिवलको महिला र पुरुष टिमलाई खेल सामग्री उत्पादक संस्था केल्मीले प्रायोजन गर्ने भएको छ । राष्ट्रिय महिला तथा पुरुष टिमले प्रायोजन पाएको यो पहिलो पटक हो ।

नेपाल भलिवल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीका कन्ट्री डाइरेक्टर प्रदिप न्यौपाने बीच सोमबार सम्झौता पत्रमा हस्ताक्ष भएको हो । केल्मीले दुइ वर्षका लागि प्रायोजन गर्ने छ । तर कति रकम बराबरको प्रयोजन हो त्यो भने खुलाइएको छैन । पहिलो वर्ष नेपाली भलिवल टोलीले केल्मीको आधिकारिक लोगो लगाएर खेल्नेछन् ।

 भलिवल नेपालको राष्ट्रिय खेल हो । पछिल्लो समय प्राप्त गरेको सफलता र बढ्दो लोकप्रियताका कारण निजी क्षेत्रको चासो भलिवलमा बढीरहेको छ । केल्मीले राष्ट्रिय फुटवल टिम, ए डिभिजन क्लब र एपीएफ क्लबलाई पनि प्रायोजन गरिसकेको छ ।  महिला टिमले गत वर्ष घरेलु मैदानमा भएको १३ औं दक्षिण एशीयाली खेलकुद सागमा ऐतिहासिक रजत पदक जितेको थियो ।

 त्यसअघि महिला टिमले बंगलादेशमा भएको सेन्ट्रल जोनमा स्वर्ण जितेको थियो । महिलाको टिमले चीनमा हुने एशीयन भलिवल च्याम्पियनसिप पनि खेल्दैछ । एशीयन च्याम्पियनसिपमा महिला टिमले पहिलो पटक सहभागिता जनाउन लागेको हो । 

ताजा खबर