पिएसजी आफ्नै मैदानमा मोनाकोसँग दुइ गोलले पराजित 

२०७७ फाल्गुण १० सोमबार १४:४१:०० मा प्रकाशित

साविक विजेता पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा मोनाकोसँग हार बेहोरेको छ । गएराती भएको खेलमा पिएसजी आफ्नै मैदानमा मोनाकोसँग दुइ शून्य गोलले पराजित भएको हो ।

 मोनाकोले तेस्रो मिनेटमा सोफियान ज्योको गोल मार्फत अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको पिएसजी विरुद्ध मोनाकोले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । ५७ औं मिनेटमा  लेमो मारिपानले  टिमका लागि दोस्रो गोल थपेका थिए । पिएसजीले खेलका दौरान मात्र एक पटक टार्गेेटमा सट प्रहार गरेको थियो ।

प्रशिक्षक मौरिसियो पोचेटिनोको नेतृत्वमा घरेलु लिगमा पिएसजीको यो दोस्रो हार हो । च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बार्सीलोनालाई चार एक गोलले हराएपछिको यो पहिलो खेल हो । तर मोनाकोसँग सुरुवातमै गोल खाएपछि दवावमा आएको पिएसजीले पुनरागमन गर्न सकेन । २६ खेलबाट ५४ अंकका साथ पिएसजी तेस्रो स्थानमा छ ।

ताजा खबर