इङलिस प्रिमियर लिगमा न्युक्यासल तीन गोलले पराजित

२०७७ फाल्गुण १० सोमबार १४:३४:०० मा प्रकाशित

इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई तीन एक गोलले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइछेडले मार्कस ¥यासफर्डको गोल मार्फत अग्रता बनाएको थियो । ३० अँैं मिनेटमा ¥यासफर्डले मग्वावेरको सहयोगमा गोल गरेका थिए । ३६ औं मिनेटमा ३६ न्युक्यासलका  अल्लान से म्याक्सिमा ले बराबरी गोल गरे । 

पहिलो हाफ एक एक गोलको बराबरीमा सकियो । तर ५७ औं मिनेटमा डेनिएल जेम्सले गोल गर्दै युनाइटेडलाई पुन खेलमा फर्काए । ७५ औं मिनेटमा बुर्नो फर्नान्डेजले पेनाल्टिमा गोल गरेपछि ओले गुमान सोल्जाकरको टोलीले सहज जीत हात पार्यो । जीतका बावजुत युनँइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा दश अंकले पछि छ । दोस्रो स्थानमा रहेको उसको २५ खेलबाट ४९ अंक छ ।  

लिगका पछिल्ला ५ खेलमा युनाइटेडको यो दोस्रो जीत हो । अघिल्लो खेलमा युनाइटेडले वेस्ट व्रोम संग बराबरी खेलेको थियो । न्युक्यासल २५ अंकका साथ रेलिगेशस जोन भन्दा एक स्थान माथि १७ औं स्थानमा छ । अर्को खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाइ दुइ एक गोलले पराजित गर्यो । लेस्टर ४९ अंकका सात तेस्रो स्थानमा छ । 

 

ताजा खबर