म्यानचेस्टर सिटीका प्रशिक्षक पेप किन अचम्भित भए ?

२०७७ फाल्गुण १० सोमबार १४:२९:०० मा प्रकाशित

 

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले आफ्नो टिमको उत्कृष्ट प्रदर्शन देखेर अचम्मित भइरहेको बताएका छन । प्रिमियर लिगमा सिटीले आर्सनललाइ उसकै मैदानमा एक शन्य गोलले पराजित गरेपछि ग्वार्डिवालाको यस्तो प्रतिकृया आएको हो । उनी भन्छन– सारा विश्व कोरोना भाइरस महामारीसँग जुधिरहेको छ । क्लबहरु खेलाडीमा कोभिड नाइन्टिन पोजेटिभ नतिजाका कारण चिन्तित छन । तर सिटीले शानदार खेल प्रदर्शन गरिरहरहेको छ यो म आफैंले पनि अपेक्षा गरेको थिइन् ।  

आर्सनल माथि हात पारेको जीतपछि सिटीले तालिकामा स्पष्ट दश अंकको अग्रता लिदै उपाधी यात्रा वलियो बनाएको छ । आर्सनलको मैदान इमिरेट्समा तीन अंक जोडेको हो । खेलको दोस्रो मिनेटमानै पाहुना टोली सिटीले अग्रता लिएको थियो । रियाद महरेजको क्रसमा रहिम स्टर्लिङले गोल गरेका थिए । उनको यो सिजनको नवौ प्रिमियर लिग गोल हो । सुरुवातमै गोल खाएको मिकेल अर्टेटाको टोली आर्सनल खेलमा फर्कन सकेन् । जसका कारण पेप ग्वार्डिवालाको टिमलाइ तीन अंक जोड्न दोस्रो गोल आवश्यक भएन् । इल्काइ गुन्डवाले टिमका लागि अर्को गोल थप्ने मौका गुमाएका थिए । आर्सनलको मैदानमा सिटीले जीत संख्या १८ पुर्याएको छ । 

सिटी सवै प्रतिस्पर्धामा गरी गरी पछिल्ला २५ खेल यता अपराजित छ ।  आर्सनलको लिगमा सिटी संग बेहोरेको यो दशौ होर हो ।  शीर्ष स्थानमा रहेको सिटी को २५ खेलबाट ५९ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युाइटेडको ४९ अंक छ । 

ताजा खबर