अमेरिकाकी जेनिफरलाई पराजित गर्दै जापानकी नाओमी बनिन् ओपन टेनिस बिजेता

२०७७ फाल्गुण ९ आइतबार १८:३९:०० मा प्रकाशित

नाओमी ओसाकाले अस्ट्रेलियन ओपन टेनिसको उपाधी जितेपछि दुइ घण्टा पावर न्याप लिएको बताएकी छिन् ।

जापानकी ओसाकाले शनिबार अमेरिकाकी जेनिफर बार्डीलाई सोझो सेटमा पराजित गर्दै दोस्रो पटक अस्ट्रलियन ओपन जितेकी थिइन् । मेलवर्न बोटानिकल पार्कमा ट्रफीसँग पोज दिँदै ओसाकाले आफूलाई यो एक बास्तविक चमात्कार जस्तो लागिरहेको उल्लेख गरिन् । कोरोना भाइरस महामारी बीच भएको प्रतियोगिता विना समस्या सम्पन्न भएकोमा पनि उनले खुशी ब्यक्त गरिन् । उनको करियरको यो चौथो ग्रान्डस्लाम उपाधी हो । उनी फाइनल पुगेका सवै ग्रान्डस्लाममा च्याम्पियन बनेकी छिन् । 

सन् २०१८ को युएस ओपनमा सेरेना विलियम्सलाई पराजित गर्दै करियरको पहिलो ग्रान्डस्लाम जितेकी थिइन् । २०१९ मा अस्ट्रेलियन ओपन र २०२० मा युएस ओपन बन्दै ओसाकाले आफूलाई उत्कृष्ट खेलाडी भएको प्रमाणित गरिन् । 

ताजा खबर