अस्ट्रेलियन ओपनटेनिसमा सर्वियाका नोभाक जोकोभिचको दवदवा कायमै

२०७७ फाल्गुण ९ आइतबार १८:३४:०० मा प्रकाशित

सर्वियाका नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिसमा आफ्नो दवदवा कायमै राखेका छन् । उनले कीर्तिमानी नवांै पटक अस्ट्रेलियन ओपन टेनिसको उपाधी जित्दै आफू अझै नयाँ पुस्तालाई उपाधी हस्तान्तरण गर्ने पक्षमा नरहेको सन्देश दिएका छन् ।

मेलवर्न पार्कमा आज भएको फाइनलमा शीर्ष वरियताका जोकोभिचले रुसका डेनिल मेतभेदेभलाई तीन शून्यको सोझो सेटमा पराजित गरे । पहिलो सेट केही प्रतिस्पर्धात्मक बनेको थियो । तीन शून्य अंकले पछि रहेको मेतभेदेभले खेलमा फर्कदै बराबरी गरेका थिए । तर उत्कृष्ट देखिएका ३३ वर्षिय जोकोभिचले पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पारे । बाँकी दुइ सेटमा भने उनले २४ वर्षिय मेतभेदेभबाट खासै चुनौतीको सामना गरेनन् । दोस्रो सेट ६–२ र तेस्रो सेट पनि ६–२ ले नै जित्दै जोकोभिचले लगातार तेस्रो वर्ष उपाधी माथि कब्जा जमाए । उनले दोस्रो पटक लगातार तीन उपाधी जितेका हुन् ।

 यसअघि २०११, २०१२ र २०१३ मा उपाधी उचालेका थिए । पहिलो पटक उनले २००८ मा अस्ट्रेलियन ओपन जितेका थिए । त्यसपछि उनले २०१५ र २०१६ मा उपाधी हात पारे । समग्रमा जोकोभिचको यो १८ औं ग्रान्डस्लाम हो । जुन रफायल नाडाल र नोभाक जोकोभिच भन्दा मात्र दुइ ग्रान्डस्लाम कम हो । उनले अस्ट्रेलियन ओपनको फाइनल खेल अहिलेसम्म हारेका छैनन् ।

 ट्रफी जितेपछि जोकोभिचले मेललर्व पार्क प्रतिको माया हरेक वर्ष बढ्दै गइरहेको र यो क्रम जारी रहने प्रतिृकया दिएका थिए । रुसका मेतभेदेभ भने करियरको पहिलो ग्रान्डस्लाम जित्नबाट चुके । यसअघि उनी २०१९ को युएस ओपन फाइनलमा नाडालसँग हारेपछि उपविजेतामा चित्त बुझाउन बाध्य भएका थिए । जोकोभिच विरुद्धको खेलमा उनले ¥याकेट फाल्ने, रिसाउने जस्ता कृयाकलाप गरेका थिए । उनको शारीरिक हाउभाउ पनि कमजोर देखिएको थियो । उनले हारपछि आफूले यस्तो खेलको अपेक्षा नगरेको भन्दै जोकोभिचलाई बधाइ दिए । अर्को वर्ष सशक्त रुपमा प्रस्तुत हुने उनको भनाइ छ । मेलवर्नमा मेतभेदेभ २० खेलको जीत सहित फाइनल पुगेका थिए ।

 

ताजा खबर