जापानकी नाओमीले अमेरिकी खेलाडी जेनिफरलाई हराईन्

२०७७ फाल्गुण ८ शनिबार १८:०७:०० मा प्रकाशित

जापानकी नाओमी ओसाकाले अमेरिकाकी जेनिफर बार्डीलाई पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको महिला तर्फको उपाधी जितेकी छिन् ।
मेलवर्न पार्कमा आज भएको फाइनलमा ओसाकाले अमेरिकाकी जेनिफर बार्डीलाई दुइ शुन्यको सोझो सेटमा हराएकी हुन् । 

विश्व वरियताको तेस्रो स्थानमा रहेकी ओसाकाले पहिलो सेट ६–४ ले जितेकी थिइन् । सुरुदेखि नै उत्कृष्ट देखिएकी ओसाकाले दोस्रो सेट पनि सहजै आफ्नो पक्षमा पारिन् । उनले ६–३ ले सेट जित्दै उपाधी उचालेकी हुन् । २३ वर्षिया ओसाकाको यो करियरको चौथो ग्रान्डस्लाम हो । अस्ट्रेलियन ओपन दोस्रो पटक जितेकी हुन् । उनले सात हजार बढी दर्शक बीच भएको फाइनल जित्ने एक घन्टा १७ मिनेट समय लगाएकी थिइन् । ओसाकाले यसअघि सन २०१९ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् । उनी २०१८ र २०२० की युएस ओपन च्याम्पियन हुन् । 

यो जीतपछि ओसाका हार्ड कोर्ट क्विनका रुपमा स्थापित भएकी छिन् । ओसाकाको जीत संख्या २१ पुगेको छ । जुन सवै हार्ड कोर्टमा भएका थिए । करियरको पहिलो ग्रान्डस्लाम जित्ने बार्डीको सपना भने अधुरै रह्यो । नयाँ वरियतामा ओसाका दोस्रो र बार्डी १५ औ स्थानमा उक्लनेछ ।  पुरुष तर्फको उपाधीका लागि आइतबार नोभाक जोकोभिच र रुसका डेनिल मेतभेदेभ बीच प्रतिस्पर्धा हुनेछ ।

 

ताजा खबर