सन्तोषीले जितिन दश किलोमिटरको दौड

२०७७ फाल्गुण ८ शनिबार १८:०१:०० मा प्रकाशित

काठमाडौं । दक्षिण एशीयाली खेलकुद सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले तेस्रो पटक धरानमा दश किलो मिटर दौडको उपाधी जितेकी छिन् ।

सुनसरीको धरानमा आज भएको दौडमा धादिङकी सन्तोषीले दश किलोमिटरको दूरी ३८. १० मिनेटमा पुरा गर्दै उपाधी जितेकी हुन् । उनको यो लगातार दोस्रो र समग्रमा तेस्रो उपाधी हो । सन्तोषी नेपालमै भएको १३ औं सागमा दश किलो मिटर दौडकी स्वर्ण विजेता खेलाडी हुन् । ४२.७ मिनेटमा दैरी गरेकी भोजपुरकी छेदुमाया राई दोस्रो भइन् । जुम्लाकी वन्दना बूढाले तेस्रो स्थान हात पारिन् । उनले ४३.४ ८ सेकेन्डमा दूरी गरेकी हुन् । 

पुरुष तर्फको उपाधी त्रिभुवन आर्मी क्लबका गजेन्द्र राइले जिते । उनले २५.२१ सेकेन्डमा दूरी पुरा गरेका हुन् । दोस्रो स्थानमा पनि आर्मीकै वर्चश्व रह्यो । टंक बहादुर कार्कीले  ३३.५४ मिनेटमा दूरी गरेका हुन् । ३४ मिनेटको समय लगाएका जितेन्द्र दनुवार तेस्रो स्थानमा आए । दुवै तर्फका विजेताले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो भएकाले २० हजार पुरस्कार पाए ।

गत वर्ष दौडमा चार हजार बढी सहभागी थिए । तर यस पटक कोरोना भाइरस संक्रमणको जोखिमका कारण एक सय ४१ एथ्लिटलाई मात्र सहभागी गराइएको थियो । 

ताजा खबर