त्रिभुवन आर्मीलाई तीन नील ख्वाउँदै एपीएफ बिजयी

२०७७ फाल्गुण ७ शुक्रबार २१:१३:०० मा प्रकाशित

काठमाडौं । च्याम्पियन टोली एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग टुंग्याएको छ ।  एपीएफले लिगका १२ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ३६ अंक बटुल्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको लिगको अन्तिम खेलमा एपीएफले चीर प्रतिद्धन्दी त्रिभुवन आमी फुटवल क्लबलाई तीन शून्य गोलले पराजित गर्यो । रोमाञ्चक बनेको खेलमा एपीएफले पहिलो हाफको अन्तिम मिनेटमा डेडलक तोडेको थियो । ४५ आंैं मिनेटमा अनिता केसीको सहयोगमा शरुले गोल गरेकी थिइन् । ८६ औँ मिनेटमा अनिताले सुन्दर गोल गरेपछि आर्मी दुइ शून्यले पछि परेको थियो । इन्जुरी समयमा शरुले फेरी गोल गरेपछि एपीएफ तीन शून्यको सहज जीतका साथ लिगमा अपराजित रह्यो ।

 आर्मीले खेल अवधिभर त्यस्ते दवावपूर्ण आक्रमण गर्न सकेन । उसले पहिलो लेगमा दुइ शून्यको हार बेहोरेको थियो । एपीएफको अपराजित यात्रामा पूर्णविराम लगाउने आर्मीको सपना अधुरै रह्यो । एपीएफले १२ खेल सवै खेल जित्दै ३६ अंक जोड्यो । उसले १२ खेलमा ७७ गोल  गर्दा मात्र एक गोल खाएको थियो । आर्मी उपविजेता बन्यो । उसले १२ खेलमा २६ अंक जोड्यो । आर्मीले ८ मा जित, दुइमा हार र दृुइमा बराबरीको नतिजा निकालेको थियो । विजेता टोली एपीएफले १५ लाख र आर्मीले आठ लाख पुरस्कार प्राप्त गरे । तेस्रो स्थानमा आएको नेपाल पुलिस क्लबले पाँच लाख तथा चौथो भएको वालिङ नगरपालिकाले तीन लाख पुरस्कार जिते । विराटनगरले पाँचौ र चन्द्रपुर छैटौ स्थान प्राप्त गरे । 

 

ताजा खबर