पेट्रोल र डिजेलमा मूल्य बढेसँगै कलाकारहरुमा आरोप प्रत्यारोप

२०७७ फाल्गुण ६ बिहीबार १९:५७:०० मा प्रकाशित

बलिउड । पेट्रोल र डिजेलमा भएको मूल्य वृद्विसँगै भारतको महाराष्ट्रमा हिन्दी सुपरहिट कलाकारहरुद्वय अभिताभ बच्चन र अक्षयकुमारलाई आरोपित गरिएको छ ।

महाराष्ट्रका कांग्रेस अध्यक्ष नाना पटोले मनमोहन सिंहको शासनकालमा पेट्रोलियम पदार्थमा वृद्वि हुँदा सरकार आलोचित बन्नु परेको तर आजको अवस्थामा सरकारको बारेमा उदासिन हुनु तर्क संगत हुने बताएका हुन् ।

पेट्रोल डिजेलको दर भारु १०० पुग्दा पनि नायकहरु चुपलागेर बस्नु हास्यास्पद रहेको गुनासो उनले गरेका थिए । उनले भने,“युपिए सरकार बरु राम्ररी काम गर्दै थियो । आलोचना गर्न मिल्थ्यो ।” डिजेल, पेट्रोल र एलपीजिको मूल्य मार परेका जनतालाई सहज गरिदिन उनको माग रहेको छ ।

अमिताभ बच्चन “मे डे” र अक्षय कुमार “बच्चन पाँडे” मा व्यस्त
अभिताभ बच्चन मे डे को सुटिङ्ग युनिटमा व्यस्त छन् भने चलचित्रको निर्देशन अजय देवगणले गरेका छन् । चलचित्रमा कलाकारहरु अजय देवगण, रकुल प्रीत सिंह, अंगीरा धर, आंकाक्षा सिंह, बोमन इरानीको अभिनय रहेको छ । त्यस्तै बच्चन पाँडेमा फरहाद सामजी, जैकलीन फर्नाडीज आदी कलाकारको भूमिका रहेको छ ।

चलचित्रहरु “मे डे” २९ अप्रिल २०२२ मा रिलिज हुनेछ भने २६ जनवरी २०२२ मा “बच्चन पाँडे” रिलिज हुने बताइन्छ ।  (स्रोतः दैनिक भाष्कर)    
 

ताजा खबर