वालिङ दुइ गोलले चन्द्रपुरलाई उछिन्दै अघि बढ्यो

२०७७ फाल्गुण ६ बिहीबार १९:३९:०० मा प्रकाशित

काठमाडौं । वालिङ नगरपालिका स्याङजाले जीतका साथ राष्ट्रिय महिला लिग टुंग्याएको छ । आज भएको लिगको आफ्नो अन्तिम खेलमा वालिङले चन्द्रपुर नगरपालिका रौतहट माथि तीन शून्य गोलको जीत हात पारेको हो ।

जीतपछि वालिङ १२ खेलबाट १७ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । तर यदि भोली नेपाल पुलिस क्लबले चौदन्डीगढी नगरपालिकालाई पराजित गरे चौथो स्थानमा झर्नेछ । चन्द्रपुरले १२ खेलबाट नौ अंक जोड्दै छैटौं स्थानमा रह्यो ।  

एन्फा कम्प्लेक्समा १७ औं मिनेटमा हिमा रावतको गोल मार्फत वालिङले अग्रता लिएको थियो । ४७ औं मिनेटमा मिटो इलिजु रुथले अग्रता दोब्बर बनाइन् । ५४ औं मिनेटमा अमिसा कार्कीले गोल गरेपछि वालिङले तीन शून्यको सहज जीतका साथ लिग अन्त्य गर्यो । घाइते भएपछि मैदान रहेकी अस्मिता चोटमुक्त हुँदै लिगको अन्तिम खेलमा फर्किएकी हुन् । 

ताजा खबर