सन्दीप लामिछाने आइपिएलको अक्सनमा अनसोल्ड, क्रिस मोरिस सबैभन्दा महँगा

२०७७ फाल्गुण ६ बिहीबार १९:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएलको अक्सनमा अनसोल्ड भएका छन् । भारतको चेन्नाइमा भएको १४ औं संस्करणको अक्सनमा  सन्दीपलाई कुनैपनि टिमले किनेनन् । सन्दीपले आफ्नो बेस प्राइस ४० लाख भारतीय रुपैयाँ राखेका थिए । तर कुनैपनि टिमले उनीमाथि बोली लगाएनन् ।  सन्दीपले सन २०१८ देखि यता तीन सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए । दिल्लीले यसै सिजन उनलाई रिलिज गरेको थियो । गत वर्षको १३ औं संस्करणको आइपिएलमा भने  सन्दीपलाई दिल्लीले एक खेलमा पनि मौका दिएके थिएन । उनले आइपिएलका नौ खेलमा १३ विकेट लिएका छन् ।

आइपिएलको अक्सन इतिहासमै दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिस सर्वाधिक महंगो मूल्यमा विक्री भएका छन् । ३३ वर्षिय मोरिसलाई १६ करोड २५ लाख भारती रुपैयाँमा राजस्थान रोयल्सले किनेको हो । योसँगै उनी आइपिएल इतिहासको सवैभन्दा महंगो खेलाडी बनेका छन् । मोरिसले अक्सनमा आफ्नो बेस प्राइस ७५ लाख राखेका थिए ।

 मुम्बइ इन्डियन्स, पंजाव किंस र रोयल च्यालेन्जर्स बैङलोरले पनि मोरिस माथि बोली लगाएका थिए । तर राजस्थानले बाजी मार्यो । मोरिसले भारतका युवराज सिंहको रेकर्ड तोडे । युवराजलाई २०१५ मा दिल्लीले १६ करोडमा खरिद गरेको थियो । आइपिएलमा बैङलोरका कप्तान विराट कोहलीको तलव १७ लाख छ । बैङलोरले मोरिसलाइ यसै सिजन रिलिज गरेको थियो । उनले २०१५ मा राजस्थान बाट खेलिसकेका छन् । २०१३ मा पहिलो पटक चेन्नाइ सुपर किंसबाट आइपिएल खेलेका उनले दिल्लीको पनि प्रतिनिधत्व गरिसकेका छन् ।

न्युजील्यान्डका काइल जेमिसनलाई बैङलोरले १५ करोड भारतीय रुपैयाँमा किन्यो । अस्ट्रेलियाका ग्लेन म्याक्सवेललाई पनि बैङलोरले १४ करोड २५ लाखमा खरिद गरेको छ । 

ताजा खबर