अवसाद र वजन बढ्नुको समस्या खासगरी बुढेसकालमा देखिने

२०७७ फाल्गुण ६ बिहीबार १८:१५:०० मा प्रकाशित

नेदरल्याण्ड । मानिसमा उमेर वितेको पत्तो हुँदैन । उनीहरु आफ्नो जन्मोत्सव प्रत्येक वर्ष  मनाइरहेका हुन्छन् तर आफ्नो उमेर गएको ख्याल राख्दैनन् । 

जीव विज्ञानका अध्ययनकर्ताहरु मानिसहरुले सधैं बढ्दो उमेरको ख्याल राख्नुपर्ने बताउँछन् । उमेर बढ्दै जाँदा मानिसहरुको डिएनए, क्रोमोसम खिइँदै जाने र प्रोटिन कमि भएमा मानिसको उमेर पनि कम हुँदै जाने संकेत गरिएको हो । 

मानिसले खाने खाद्यपदार्थको तत्व अति महत्वपूर्ण हुन्छ । वैज्ञानिकहरुले पाचन प्रणाली र रसायनीक प्रकृयाद्वारा कोषहरुको प्रशोधन हुने तर्क गरेका छन् । प्रोटोमिइक क्लकले रक्तकोषिका निर्धारण गर्छ । साधारणतया औषत मानिसको जैविक आयु मिल्न शारिरीक तथा मानसिक रुपमा मानिस स्वस्थ्य हुन जरुरी देखिन्छ ।

जैविक आयु के हो ?
एपोजोनिटक क्लक मानिसको उमेर नाप्ने एक एकाई हो भने मोलिक्युलर क्लक हेमोग्लोविन क्लक नाप्ने यन्त्र हो । ट्रान्सक्रिप्टोम्स मानव कोषहरुको एक समूह हो ।  एपोजोनिटक क्लक र जेनेटिक कोड नमिल्दा मानव जीनले काम गर्न नसक्ने भनिएको छ । 

खोजकर्ताले करिब २,९८१ व्यक्तिहरु रगतको नमूना संकलन गरेका थिए । उनीहरुको उमेर १८–६५ वर्षको थियो । नेदरल्याण्डमा गरिएको उक्त खोजमा ७४% मानिसमा पूर्णरुपमा अवसाद फेला परेको थियो भने २६% मानिस धेरै स्वास्थ्य भेटिएका थिए ।

ट्रान्सक्रिप्टोम्स, एपोजोनिटक क्लक र जेनेटिक कोडको रकर्ड कम्प्युटरमा अभिलेख राखिएको थियो । सँगसँगै मानसिक र शारिरीक अवस्थाको नापजाँच गरिएको हो ।

यो सँगसँगै खोजकर्ताले मानव यौन, जीवनशैली, शारिरीक अभ्यास र अरु स्वास्थ्यका एकाईको बारेमा नापतौल लिन भ्याएको बताइएको छ ।
(स्रोतः मेडिकल न्युज टुडे)

 

ताजा खबर