एभर्टनलाई तीन गोलले पछि पार्दै म्यानचेस्टर सिटी लिगमा अघि

२०७७ फाल्गुण ६ बिहीबार ११:०५:०० मा प्रकाशित

म्यानचेस्टर सिटीले एभर्टनलाई तीन एक गोलले पराजित गर्दै, इङलिस प्रिमियर लिगको उपाधी यात्रा वलियो बनाएको छ ।  जीतपछि सिटीले तालिकामा दश अंकको अग्रता बनाएको  छ ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा सिटीले ३२ औं मिनेटमा फिल फोडनको गोल मार्फत अग्रता लियो । ३७ औं मिनेटमा रिचार्लिसनले बराबरी गोल फर्काए । तर ६३ औं मिनेटमा रियाद महरेज  र ७७ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेपछि पेप ग्वार्डिवालाको टोली उपाधी तर्फ लम्किएको छ । उसको २४ खेलबाट ५६ र दोस्रो स्थानको म्यानचेस्टर युनँइटेडको ४६ अंक छ । लिगमा अब १४ खेल बांकी छ । सवै प्रतियोगितामा गरी सिटीको यो लगातार १७ औं जीत हो ।  

ताजा खबर