च्याम्पियन्स लिग: बोरुसिया डर्टमन्ड दुइ गोलले बिजयी

२०७७ फाल्गुण ६ बिहीबार ११:००:०० मा प्रकाशित

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले, स्पेनिस सेभिया माथि तीन दुइ गोलको जीत हात पारेको छ । 

डर्टमन्डको जीतमा युवा स्ट्राइकर अर्लिङ ब्राउट हालान्ड नायक सावित भए । घरेलु टोली सेभियाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । उसका लागि  सातौ मिनेटमा सुसोले गोल गरेका थिए र तर १९ औं मिनेटमा  डर्टमन्डका माहमुद डाहुदले बराबरी गोल फर्काए । २७ औं मिनेटमा हालान्डले डर्टमन्डलाइ दुइ एकले अघि बढाएका थिए । ४३ औं मिनेटमा उनैले गोल गर्दा डर्टमन्ड पहिलो हाफमा तीन एकले अघि रह्यो । 

पछिल्लो समय हालान्ड र किलियन एमबाप्पेलाई क्रिस्टयानो रोनाल्डो र लियोनल मेसीसँग तुलना गर्न थालिएको छ । तर केहीले अहिलेनै मेसी र रोनाल्डो संग् तुलना गर्न हतार हुने पनि बताउँदै आएका छन । तर फ्रृन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीका एमबाप्पले च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको पहिलो लेगमानै बार्सीलोनासँग ह्याटिन्क गरेको २४ घन्टा पनि नपुग्दै हालान्डले पनि शानदार प्रदर्शन गरेका हुन् । उनले च्याम्पियन्स लिगमा १३ खेलमा १७ गोल गरिसकेका छन । ८४ औं मिनेटमा लुक डि जोङले सेभियाका तर्फबट गोल फर्काएका थिए ।

ताजा खबर