संदीप नाहर सुसाइड घटनाः प्रहरीद्वारा कञ्चन नाहर र सासुलाई आत्महत्या गर्न प्रोत्साहन गरेकोमा सोधपुछ

२०७७ फाल्गुण ६ बिहीबार ०९:५२:०० मा प्रकाशित

बलिउड । सिनेकर्मी संदीप नाहरको अन्तिम दाहसंस्कार पञ्जाबमा हुने भनिएको छ । मुम्बई पुलिसले उनको श्रीमती कञ्चन नाहर र सासुलाई घटनाका दोषी हुनसक्ने भनी सोधपुछ गरेको छ । आत्महत्या अघि फेसबुकमा उनले पत्निको कारण मष्तिस्कघात भएको हुनाले आफुले आत्महत्या गरेको सार्वजनिक गरेका थिए । यही भिडियोको कारण प्रहरीले उक्त कदम चालेको बताएको छ ।

उक्त भिडियो प्रसारण भएपछि प्रहरीले घटना हुने ठाँउ नै ट्रेस गरी पत्ता लगाएको तर स्थान थाहा पाउँदा आत्महत्या भइसकेको बतायो । १५ फेबु्रवरीमा उनको लास गोरगाउँको नीज निवासमा भेटिएको थियो ।

फेसबुकको भिडियोको रेकर्ड
आत्महत्या हुनुपूर्व उनले भनेका थिए,“ मलाई धेरै फिल्ममा देख्नु भएको होला । धोनी फिल्ममा छोटु भैयाका रुपमा म प्रस्तुत भएँ । आज यो फिल्म बनिसक्दा मेरो जीवनमा धेरै समस्या आइसकेको छ । मेरो मानसिक सन्तुलन विग्रिएको छ । यसको दोषी मेरी धर्मपत्नी कञ्चन शर्मा हुन् । ३६५ दिनको झगडा नै यसको कारण हो । ” 

उनले थप भने,“ म समस्याग्रस्त छु । म मा पारिवारीक समस्या छ । घरका आफन्तको फोन उठाउन नै म मा समस्या छ । मेरो नाम अरु स्वास्नी मानिससँग जोडेर घरबाट भाग्छिन । पछिल्लो समय उनी घरबाट भागिन यसमा उनको सासुको पनि हात छ । अदालती मुद्वा गर्छु भनेर धम्क्याइन्थ्यो ।”
(स्रोत : दैनिक भाष्कर)

 

ताजा खबर