पोर्टोेसँग दुई गोल खाँदै हार्यो इटालियन जाइन्ट युभेन्टस

२०७७ फाल्गुण ६ बिहीबार ०९:४४:०० मा प्रकाशित

 च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा युभेन्टस पराजित भएको छ । पोर्चुगिच क्लब पोर्टोले इटालियन जाइन्ट युभेन्टसलाई दुइ एक गोलले स्तब्ध पारेको हो ।

पोर्टोको मैदानमा युभेन्टसले खेल सुरु भएको ६१ सेकेन्डमानै गोल खाएको थियो । घरेलु टोलीका मेहद्यी टरेमीले गोल गरेका थिए । सन २०१३ यता च्यािम्पयन्स लिगको नक आउट चरणमा भएको यो सवैभन्दा छिटो गोल   हो । सो वेला बायर्न म्युनिखका डेविड आलबाले युभेन्टस विरुद्धनै २४ सेकेन्डमा गोल गरेका थिए । बल पोसेनमा अघि रहेपनि युभेन्टसले पहिलो हाफमा खेल बराबरी गर्न सकेन् । दोस्रो हाफको सुरुवातमै अर्को गोल खाएपछि आन्द्रे पिर्लोको टोली थप दवावमा आएको थियो । ४६ औं मिनेटमा मुसा मरेगाले पोर्टोको अग्रता दोब्बर बनाएका थिए । ८२ औं मिनेटमा युभेन्टसका फेड्रिको कियाजाले अवे गोल गरे । 

क्रिस्टियानो रोनाल्डोले गोलको मौका गुमाएका थिए । विगत नौ वर्षदेखी इटालियन लिग सिरी या उपाधी जित्दै एकछत्र राज गरिरहेको युभेन्टस यो सिजन भने लयमा छैन् । च्याम्पियन्स लिगमा पनि निराशाजनक प्रदर्शन गरेपछि युभेन्टस संकटमा देखिएको छ । दोस्रो लेग नौ मार्चमा युभेन्टसको मैदानमा हुनेछन । २००४ मा जोजे मोरिन्होको प्रशिक्षणमा च्याम्पियन्स लिग जितेको पोर्टो पछिल्लो पटक दुइ सिजन अघि क्वाटरफाइनल पुगेको थियो । उसले युरोपियन प्रतिस्पर्धामा युभेन्टस माथि पहिलो पटक जीत हात पारेको हो । यसअघिका पांच भेटमा पोर्टोले चारमा पराजय बेहोर्दा हुदा एक खेलमा बराबरीको नतिजा निकालेको थियो । 

ताजा खबर