दुइ खेल अगावै  एपीएफ क्लब राष्ट्रिय महिला लिग च्याम्पियन 

२०७७ फाल्गुण ५ बुधबार २०:२०:०० मा प्रकाशित

काठमाडौं । एपीएफ क्लब दुइ खेल अगावै राष्ट्रिय महिला लिग च्याम्पियन बनेको छ । आज भएको लिगको पहिलो खेलमा त्रिभुवन आर्मी फुटवल क्लबले नेपाल पुलिस क्लबसँग एक एक गोलको बराबरी खेलेपछि एपीएफ लिग विजेता बनेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगको आफ्नो एघारौं विराटनगर महानगरपालिका विरुद्ध मैदानमा उत्रँदा एपीएफ च्याम्पियन बनिसकेको थियो । घुँडामा चोट लागेपछि सावित्रा भण्डारी विनाको एपीएफले विराटनगरसँग एक शून्यको कठिन जीत हात पार्यो । 

लिग चरणको पहिलो खेलमा सात शून्यले हारेको विराटनगरले आज भने एपीएफ सामु कडा चुनौती पेश गरेको थियो । उसले गोलका लागि ५५ मिनेट सम्म कुर्नु प¥यो । पहिलो हाफमा विराटनगरको रक्षापंक्ति तोड्न नसक्दा एपीएफ गोलरहित बराबरीमा रोकियो । दोस्रो हाफको सुरुवातमै एपीएफ गोल खानबाट जोगिएको थियो । अन्तत ५५ औं मिनेटमा सरु लिम्बुको क्रसमा अनिता केसीले एपीएफलाई ब्रेक थ्रु दिलाइन् । त्यसपछि थप गोन हुन सकेन् । अनिताकै गोल एपीएफको जीतमा निर्णायक बन्यो । 

एपीएफ जारी लिगमा अपराजित छ । एपीएफले आफ्नो अन्तिम खेल शुक्रबार आर्मीसँग खेल्नेछ । एपीएफले एघार खेलमा शतप्रतिशत नतिजा निकाल्र्द ३३ अंक जोडेको छ । सावित्राको चोटका कारण एपीएफको खुशीयाली फिक्का बनेको थियो । बैशाखी टेकेर सावित्रा पनि खुशीयालीमा सहभागी थिइन् । एपीएफले अहिले सम्म ७४ गोल सावित्राको नाममा ४३ गोल छ । एपीएफले मात्र एक गोल खाएको छ । शुक्रबार लिगको अन्तिम खेलपछि च्याम्पियन टोलीलाई ट्रफी प्रदान गरिनेछ । 

 

ताजा खबर