च्याम्पियन्स लिगमा लिभरपुल अघि बढ्दै

२०७७ फाल्गुण ५ बुधबार १४:५७:०० मा प्रकाशित

च्याम्पियन्स लिग अन्तिमको पहिलो लेगमा लिभरपुलले लाइपजिग माथि दुइ शून्य गोलको जीत हात पारेको छ ।

हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा भएको खेलमा इङलिस क्लब लिभरपुल र जर्मन साइड लाइपजिगले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । प्रिमियर लिगमा लगातार तीन खेल हार्दै  लिभरपुल लाइपिजग विरुद्धको खेलका ालगि बुडापेस्ट पुगेको थियो । आलोचकहरुले लिभरपुलले सोही हारलाई निरन्ता दिने अनुमान पनि गरेका थिए । तर ५३ औं मिनेटमा मोहम्मद सालाहको गोल मार्फत योर्गेन क्लोपको टोलीले अग्रता लियो ।  ५८ औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुल दुइ शून्य गोलको महत्वपुर्ण जीत सहित लयमा फर्किएको छ ।

  जर्मनीमा हुनुपर्ने यो खेल कोरोना भाइरस संक्तमणका कारण हंगेरी सारिएको थियो । दोस्रो लेग लिभरपुलको मैदानमा हुनेछ । खेलपछि प्रशिक्षक योर्गन क्लोपले मानिसहरुको अनुमानलाई लगत सावित गरिदिएको प्रतिकृया दिएका थिए । धेरै मानिसहरुले लिभरपुल फेरी हार्छ भन्ने सोचेको क्लोपको भनाइ थियो । 

ताजा खबर