“केसरी” को को–स्टार संदीप नाहरको निधनबाट अभिनेता  अक्षय कुमार स्तब्ध    

२०७७ फाल्गुण ४ मंगलबार १९:४९:०० मा प्रकाशित

बलिउड । बलिउड अभिनेता अक्षय कुमार सँगै हिन्दी कथानक चलचित्र “केसरी” मा काम गरेका नायक संदीप नाहरले आत्महत्या गरेको बताइएको छ ।    
 
    स्टार्स सोसियल मिडियामा ट्वीट गरेर ख्यातिप्राप्त बलिउड सिने कलाकार अक्षय कुमारले समवेदना प्रकट गर्दै आत्माको शान्ति मिलोस भनेर लेखेका छन् ।    

  अक्षयले लेखेका छन्, “ सन्दीप नाहरको घटनाबाट मेरो हृदयमा चोट पुगेको छ । जीवनको भरोसा हुँदैनरैछ । जीवन नरमाइलो भयो भने कसैको मद्वत लिनुपर्ने रैछ । उनको आत्मालाई शान्ति मिलोस् ।”

आत्महत्या अगावै सन्दिपले एक भिडियो सार्वजनिक गरेका थिए । फेसवुकमा जारी एक भिडियोमा उनले लेखेका थिए म आफ्नो वैवाहिक जीवनबाट पीडित छु । मेरो उपाय थिएन ।    

अक्षय कुमारको साथसाथै दिवगंत अभिनेता सुशांत सिंह राजपुत अभिनित हिन्दी चलचित्र एमएस धोनीमा पनि उनको अभिनय रहेको बताइन्छ ।    
 
३० वर्षमा टेक्दै गरेका नाहरको आत्महत्या मुम्बइमा सोमबार साँझ भएको बताइन्छ ।

 दुखको समाचार अब दुवै अभिनेता संदीप नाहर र सुशांत सिंह राजपुत संसारबाट विदा भएका छन् । 
(स्रोतः पञ्जाब केसरी)

ताजा खबर