मधुमेह रोगका ७ लक्षणहरु

२०७७ फाल्गुण ४ मंगलबार १९:१३:०० मा प्रकाशित

अमेरिका । मधुमेह एक दिर्घरोग हो । शरिरका सम्पूर्ण प्रणालीमा असर पु¥याउने चिनी रोगबाट करिब ३० लाख अमेरिकी ग्रस्त छन् ।

काममा ध्यान दिन गाह्रो हुने
सर्वप्रथम रगतमा चिनीको मात्रा बढ्ने देखिन्छ । काममा ध्यान नहुने भन्नाले हाइपोग्लाइसिमा भन्ने बुझ्नुपर्छ । बोल्न गाह्रो हुनु, रिँगटा लाग्नु र लडिएला जस्तो हुनु हाइपोग्लाइसिमा को कारक हो । शरीर कोमामा जाने कारण खाना र पानीको आवश्यकता कम हुँदै जाने र चिनी रोग यसको कारक बताइन्छ ।

छाती दुख्नु
मधुमेहको कारण छातीमा अफ्ठयारो महशुस हुने बताइन्छ । बक्षस्थलको अग्रभागमा रगतको बहाव कम हुने हुँदा यस्तो हुने गरेको हो । प्रेसर भएमा नजिकको चिकित्सककोमा जान सुझाइन्छ ।

पाइताला सुन्निनु
मधुमेह हुँदा हात गोडाका स्नायु कमजोर भएको महशुस हुन्छ । यस किसिमको हात गोडामा जलन हुनुलाई डायव्याटीक न्युरोप्याथी वा पेरिफेरल न्युरोप्याथी भनिने गरिन्छ । गोडामा शिरिङ्ग हुनु्, दुख्नु, कमजोर हुनु सबै मधुमेहको लक्षण हो ।

औंलामा हिलो जम्नु
मधुमेहको विरामीमा रक्तश्राव कम देखिने गरिन्छ । घाउहरु देखिदैंन । ज्यानजरेन बढ्नाले कोषहरु बढ्दैन । यसकारण घाउ भइ हालेमा काट्नु पर्ने हुन्छ । कहिलेकाँहि सुइको माध्यमबाट घाउ सुकाउन सकिन्छ । चिकित्सकको सुझाव लिँदा घाउ काट्नुपर्ने भन्ने हुँदैन ।

दृष्टि कमजोर
खुनको बहाव कम हुने हुँदा आँखा कमजोर हुने गर्छ । ध्यान दिएर कुनै दृश्य हेर्दा धमिलो देखिन्छ । रक्तकोष सुक्दै जाँदा यही रोगको कारण रतन्धो हुने लक्षण देखिन्छ । आँखा चिलाउनु , फुल्नु, रेटिना फुक्नु सबै चिनी रोग लाग्नाले पनि हुन्छ ।

पिसाब फेर्न गाह्रो हुनु
शौच गर्दा थैलीको स्नायुमा समस्या हुन्छ । दिनमा ८ चोटी पिसाव तुरुन्त लाग्ने व्यक्तिलाई मधुमेहको रोगी बताइन्छ । मधुमेहबाट ग्रसित रोगीहरुलाई पिसाव थैलीमा समस्या हुने बताइन्छ ।

श्वास फेर्दा मीठो हुनु
साधारणतया मानिसको श्वासमा गन्ध आउँछ । तर मधुमेह भएका व्यक्तिमा इन्सुलिन र ग्लुकुजको मात्रा कम देखिन्छ ।  उनीहरुको शरिरमा केटोनस् नामक एसिडको मात्रामा प्रचुरता देखिन्छ । सोही कारण मधुमेहका विरामीमा श्वास गुलियो हुनु, शरिर रिङ्गटा लाग्ने, वान्ता हुनु, पिसाव चाँडो लाग्ने हुनु र काम गरेको थाहा नपाउने लक्षण भेटिन्छ ।
(स्रोतः सिएनएन हेल्थ)


 

ताजा खबर