ठूलो अन्तरले भारतसँग इङल्यान्डप पराजित

२०७७ फाल्गुण ४ मंगलबार १७:४२:०० मा प्रकाशित

नयाँदिल्ली । भारतले इङल्यान्ड विरुद्धको चार टेस्ट खेलको सिरिज एक एकको बराबरी गरेको छ । एक शून्यले पछि रहेको घरेलु टोली भारतले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो टेस्टमा इङल्यान्डलाई तीन सय १७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

भारतले जीतका लागि दिएको चार सय ८२ रनको लक्ष्य पछ्याएको इङल्यान्ड चौथो दिन आज ५४ दशमलब दुइ ओभरमा एक सय ६४ रनमा अल आउट भयो । उसका लागि मोइन अलीले १८ वलमा ४३ रन जोडेका थिए । जो रुटले ३३, डेन लरेन्सले २६ र रोरी बन्र्सले २५ तथा ओली पोपले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो रन छुन सकेनन् । 

इङल्यान्डको पारी धरासायी बनाउने क्रममा अक्सर पटेलले डेब्यु खेलमानै पाँच विकेट लिए । रविचन्द्रन आश्विनले तीन र कुलपिद यादवले दुइ विकेट लिए । पहिलो पारीमा एक सय ९५ रनको अग्रता लिएको भारत दोस्राृ पारीमा दुइ सय ८६ रनमा आल आउट भएको थियो । उसका लागि आश्विनले एक सय ६ रनको शतकिय पारी खेलेका थिए । विराट कोहलीले ६२ रन जोडेका थिए । पहिलो पारीमा इङल्यान्ड एक सय ३४ रनमा अल आउट भएको थियो । 

भारतले इङल्यान्ड विरुद्ध टेस्ट क्रिकेटमा हात पारेको यो सवैभन्दा ठुलो जीत हो । यसअघि १९८६ मा लिड्समा कपिल देवको कप्तानीमा भारतले इङल्यान्डलाई २ सय ७९ रनले हराएको थियो । यस्तै भारतको ८९ वर्षको टेस्ट इतिहासमा यो पांचौ ठुलो जीत हो । तेस्रो टेस्ट २४ फेब्रुअरीमा सुरु हुनेछ । 

ताजा खबर