एपीएफ क्लबकी स्टार साबित्रा अब एकवर्ष मैदान बाहिर

२०७७ फाल्गुण ४ मंगलबार १७:३६:०० मा प्रकाशित

काठमाडौं । एपीएफ क्लबकी स्टार स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण एक वर्ष मैदान बाहिर हुने भएकी छिन् । सावित्रा जारी राष्ट्रिय महिला लिगमा हिजो पुलिस विरुद्धको खेलका क्रममा घाइते भएकी थिइन् । 

सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा सावित्रा ६९ औं मिनेटमा गोल गर्ने प्रयासमा घाइते भएकी थिइन् । पुलिसकी गोलकिपर उषा नाथ अघि बढेको मौकामा गोलका लागि जम्प गरेकी थिइन् । ल्यान्डिङ नमिलेपछि सावित्राको दाया घुँडामा चोट लागेको थियो । त्यसपछि दश मिनेट उपचार गराउन सावित्रा बाहिर रहेको समयमा एपीएफले जारी लिगको पहिलो गोल खाएको थियो । चोटका कारढा खेल्न नसकेपछि सावित्रालाई ७९ औं मिनेटमा रविना गोलेले प्रतिस्थापन गरेकी थिइन । रविनाकै गोलको मदतमा एपीएफले पुलिस माथि दुइ एकको कठिन जीत निकाल्दै उपाधी यात्रा वलियो बनाएको थियो । उनलाई उपचारका लागि बि एन्ड बी अस्पताल लगिएको  थियो । एमआरआइको रिपोर्ट आज भएपछि सावित्राको घुडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट एसिएल च्यातिएको चिकित्सकले बताएका छन् ।  विस्तृत विवरण भने आउन बाँकीनै छ । 

अब सावित्राले लिगका बाँकी दुइ खेलसँगै एक वर्ष बाहिर रहनुपर्नेछ । उनले यो लिगमा ४३ गोल गरेकी थिइन् । एपीएफ, भोली  भोली विराटनगर महानगरपालिकालाई हराए एक खेल अगावै सलग विजेता बन्ने छ ।  सावित्रा  उनी लिगकै सर्वाधिक गोलकर्ताको सुचीको पहिलो स्थानमा छिन् । दोस्रो स्थानमा रहेकी त्रिभुवन आर्मी फुटवल क्लबकी शर्मिला थापाको १८ गोल छ । सावित्रा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले ३८ गोल गरिसकेकी छिन् । 

ताजा खबर