युक्यासललाई पछि पार्दैैै चेल्सि तालिकाको चौथो स्थानमा

२०७७ फाल्गुण ४ मंगलबार ११:४५:०० मा प्रकाशित

टिमो भेर्नरले १४ खेलदेखिको गोलको खडेरी तोडेपछि चेल्सि न्युक्यासल माथि जीत हात पार्दैैै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

चेल्सिले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराती भएको खेलमा न्युक्यासललाई दुइ शून्य गोलले हरायो । ३१ औं मिनेटमा भेर्नरको क्रसमा ओलिरभ जिरुडले गोल गर्दै चेल्सिलाई अग्रता दिलाएका थिए । जिरुड टमी अब्राहम चोटग्रस्त भएपछि २० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । ३९ औं मिनेटमा भेर्नरले गोल गरेपछि चेल्सि पहिलो हाफमा दुइ शून्यले अघि रहेको थियो ।

भेर्नले एक हजार मिनेट, ३१  प्रयास र १४ खेलपछि गोल गरेका हुन् । उनले पछिल्लो पटक गत नोेभम्बर सातमा शेफिल्ड युनाइटेड विरुद्ध गोल गरेका थिए । दोस्रो हाफमा गोल नगरेपनि थोमस टुखेलको टोली विरुद्ध न्युक्यासलले पुनरागमन गर्न सकेन । चेल्सि २४ खेलबाट ४२ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । २५ अंक जोडेको न्युक्यासल १७ औं स्थानमा छ ।  

ताजा खबर