आज सरस्वती पूजा, वसन्त ऋतुको आगमन

२०७७ फाल्गुण ४ मंगलबार ०९:५१:०० मा प्रकाशित

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा अराधना गरि आज सरस्वती पूजा मनाइदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीमा ‘श्रीपञ्चमी’ को दिन सरस्वतीको पूजा गरिने गरिन्छ ।

भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले सरस्वती देवीलाई पुकार्ने गरिन्छ । 

साहित्यकार, संगितकार, शिक्षक र विद्यार्थीहरूले विशेष महत्वकासाथ सरस्वती पूजा मनाउने गर्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजकै दिनलाई वसन्त ऋतुको आगमनको रुपमा समेत लिइन्छ । सूर्य उत्तरायण भइ दिन लामो हुने भएकाले वसन्त ऋतुको सुरुआतको रुपमा आजको दिनलाई लिने गरिएको छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म नगरिने पुरोहितहरू बताउँछन् । 

केही वर्षयता राजधानी लगायत देशका मुख्य सहरमा आजकै दिन बालबालिकालाई औपचारिक रुपमा विद्यालय पठाइ शिक्षारम्भ गराउने चलन बसेको छ । 
 

ताजा खबर