एकसय टि ट्वान्टी खेल जित्ने पहिलो टोली बन्यो पाकिस्तान

२०७७ फाल्गुण ३ सोमबार १७:२५:०० मा प्रकाशित

एजेन्सी । एक सय टि ट्वान्टी क्रिक्रेट खेलमा विजय हासिल गर्दै पाकिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टोेलीले कीर्तिमान कायम गरेको छ । टि ट्वान्टी क्रिकेटमा पाकिस्तानको टोलीले हालसम्म कुनै टोलीले पनि प्राप्त गर्न नसकेको कोशेढुंगा बनाएको हो । 

दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दै बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोलीले यस्तो कीर्तिमान रचेको हो । 

श्रृङ्खलाको तेस्रो खेलमा आठ विकेटको क्षतिमा एक सय ६४ रन बनाएर दक्षिण अफ्रिकी पारि सकिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानको टोलीले आठ बल बाँकि छँदै ६ विकेट गुमाएर एक सय ६९ रन बनाउँदै जित सुनिश्चित गरेको थियो । 

दक्षिण अफ्रिका र पाकिस्तानबीच टि ट्वान्टी क्रिकेट श्रृङ्खला सम्पन्न भइसकेको छ भने पाकिस्तानले श्रृङ्खला २–१ ले कब्जा गर्न समेत सफल भइसकेको छ । 

पाकिस्तानपछि धेरै टि ट्वान्टी खेल जित्नेमा भारत रहेको छ । भारतले ८५ वटा टि ट्वान्टी खेल जितेको छ । यस्तै ७१ खेलमा विजय प्राप्त गर्दै दक्षिण अफ्रिका तेस्रो नम्बरमा छ । विश्व क्रिकेटको सर्वाधिक रुचाइएको र सफल टोली अष्ट्रेलिया भने यो सूचीमा ६९ जित सहित चौथो नम्बरमा रहेको छ ।

ताजा खबर