तीन गोलले बिजयी भयो इन्टर मिलान

२०७७ फाल्गुण ३ सोमबार ११:०७:०० मा प्रकाशित

इन्टर मिलानले इटालियन लिग सिरी यामा लासियो माथि तीन एक गोलको जीत हात पारेको छ । शीर्ष स्थानमा उक्लिएको इन्टरका लागि रोमेलु लुकाकुले दुइ गोल गरे । २२ औं मिनेटमा पेनाल्टिमा गोल गर्दै लुकाकुले इन्टरलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लुकाकुले क्लब र देशका लागि गरी करियरको तीन सयौं गोल पूरा गर्दा इन्टर दुइ शून्यले अघि रह्यो ।

 ६१  औं मिनेटमा लासियोका सर्गि मिलिनकोभिच सेभिचले गोल गर्दै इन्टरसँग दूरी कम गरेका थिए । तर त्यसको तीन मिनेट पछि लुकाकुको सहयोगमा लौतारा मार्टिनेजले गोल गरेपछि इन्टरले सहज जीतका साथ तीन अंक बटुल्यो । 

इन्टरको २२ खेलबाट ५० अंक छ । दोस्रो स्थानको एसी मिलानको ४९ र तेस्रो स्थानमा रहेको रोमाको ४३ अंक छ । चौथो स्थानमा रहेको साविक विजेता युभेन्टसको २१ खेलबाट ४२ अंक छ ।   

ताजा खबर