लिग ला लिगाको दोस्रो स्थानमा फर्कियो रियाल मड्रिड 

२०७७ फाल्गुण ३ सोमबार ११:०२:०० मा प्रकाशित

साविक विजेता रियाल मड्रिड पुन स्पेनिस लिग ला लिगाको दोस्रो स्थानमा फर्किएको छ । रियालले गएराती भएको खेलमा भ्यालेन्सियालाई दुइ शून्य गोलले पराजित ग¥यो । घरेलु टोली रियालले पहिलो् हाफमा पूर्ण रुपमा खेल आफ्नो नियन्त्रणमा लिँदै दुइ गोल गरेको थियो । उसले १२ औं मिनेटमा अग्रता लिएको थियो । करिम बेन्जिमाले टोनी क्रुसको पासमा गोल गरेका थिए । बेन्जिमाको यो सिजनको १७ र ला लिगामा १२ औं गोल हो । ४२ औं मिनेटमा त्रुस आफैंले गोल गरेपछि रियाल दुइ शून्यले अघि रहेको थियो ।

 भ्यालेन्सियाका म्याक्सी गोमेसले गोमेजले एकपटक रियालको पोस्टमा आक्रमण गरेका थिए । त्यसबाहेक जिनेदिन जिदानको टोलीलाई उसले खासै चुनौती दिन सकेन् । जीतपछि रियालले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी पाँच अंकमा झारेको छ । दोस्रो स्थानमा रहेको उसको २३ खेलबाट ४९ र एट्लेटिकोको ५४ अंक छ । तर एट्लेटिकोले रियाल भन्दा दुइ खेल कम खेलेको छ । २२ खेलबाट ४६ अंक जोडेको बार्सीलोना तेस्रो स्थानमा छ ।
 

ताजा खबर