प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टनमा एपिएफका दीपेश धामी बिजयी

२०७७ फाल्गुण २ आइतबार १२:५१:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी एपिएफका दीपेश धामीले जितेका छन् ।  चितवनमा सम्पन्न भएको फाइनलमा दिपेशले प्रिन्स दाहाललाइ दुइ शून्यको सोझो सेटमा पराजित गरेका हुन् । दीपेशले प्रिन्सलाई पहिलो सेटमा २१–१९ को जीत हात पारेका थिए । 

दोस्रो सेटमा प्रिन्सलाई २२–२० ले पराजित गरेपछि दीपेश च्याम्पियन बने । यो सँगै उनले प्रिन्ससँग केही समय अघि
सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा बेहोरेको हारको वदला पनि लिए ।  

महिला तर्फपनि एपीएफकै जेशिका गुरुङ्गले उपाधी उचालेकी छिन् । जेशिकाले त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनलाई तीन सेटमा हराइन् । उनले रशिलालाई २१–१८, १७–२१, २१–१७ को जीत हात पारिन् । जेशिकाले उनले लगातार दोस्रो उपाधी जितेकी हुन् । यसअघि पुष्पलाल स्मृति ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि रशिलालाई नै हराएर जेशिकाले उपाधी जितेकी थिइन् । 

महिला तथा पुरुष दुवै तर्फको विजेताल १ लाख १५ हजार प्राप्त गरे । यस्तै दोस्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गरे । पुरुष युगल तर्फ आर्मीका नवीन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी बिजयी भयो । फाईनलमा नविन र रत्नको जोडीले एपिएफका दीपेश धामी र गौतम कठायतको जोडीलाई २१–११, २१–१५ ले पराजित गरेको हो ।

ताजा खबर